एप्पलले ४ इन्च स्क्रीन भएको फोन ल्याउने, आईफोन सिक्स सी छिटै आउनसक्ने

Technology Khabar ३ मंसिर २०७२, बिहीबार

एप्पलले ४ इन्च स्क्रीन भएको फोन ल्याउने, आईफोन सिक्स सी छिटै आउनसक्ने
Classic Tech

काठमाडौं, ३ मंसिर । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले पछिल्लो दिनमा ठूला स्क्रीन भएको आईफोन सार्वजनिक गरेपनि आफ्नो परम्परागत साइजलाई पनि पुनःर्जागरण गर्ने भएको छ ।

कम्पनीले प्रतिस्पर्धिहरुसँग अगाडि बढ्न आईफोन सिक्सलाई आफुले निकाल्ने ४ इन्चको स्क्रीन साइज भन्दा ठूलो साइजमा ल्याएको थियो । तर अहिले कम्पनीले पुन ४ इन्चको आईफोन बजारमा ल्याउने तयारी गरिरहेको छ ।

एप्पलको बारेमा आएको पछिल्लो जानकारीअनुसार कम्पनीले आफ्नो साना साइजका स्मार्टफोनहरु ४ इन्चको स्क्रीन सहित सार्वजनिक गर्ने तयारी गरेको हो । केहि दिन अघि मात्र सार्वजनिक भएको जानकारीअनुसार कम्पनीले आईफोन सिक्स सी (Iphone 6c २०१६ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

एप्पलको आईफोन सिक्स सी को स्क्रीन ४ इन्चको भएपनि यो फोन भने आईफोन फाइभ सी ( Iphone 5c) को प्रतिरुप नभई आईफोन फाइभ एस (Iphone 5s) मा आधारित हुनसक्नेछ । आउन लागेको आईफोन सिक्स सी फोनको डिजाइन पनि फाइभ एससँगै मिल्दोजुल्दो हुनेछ भने फीचरहरुपनि करिब करिब उस्तै हुनेछन् ।MobilesKhabar_01

यो नयाँ आईफोनमा ए ८ चीपसेट प्रयोग हुने अनुमान छ भने यसमा एफ। २.२ एपार्चरसहितको सुधारीएको फेसटाइम एचडी क्यामरा हुनेछ । त्यसैगरी यो स्मार्टफोनमा वाईफाई ८०२.११ एसी तथा ब्लूटूथ ४.१ सपोर्ट हुनेछ । हार्डवेयरको पक्षमा अन्य विवरणहरु उस्तै भएपनि नयाँ आईफो सिक्स सीमा महत्वपूर्ण कुरा थ्रीडी टच भने हुनेछैन्, अहिले पनि ठूला आईफोन र उच्चस्तरका स्मार्टफोनहरुमा थ्रीडी टच(3D Touch) निकै एक्सक्लुसिभ नै रहेको छ ।

रिपोर्टअनुसार सानो साइजको आईफोन उत्पादनका लागि तयार भएको छ भने यदि एप्पलले आईफोन विचार परिवर्तन नगरेमा यो छिटै सार्वजनिक हुनेछ । केहि अन्य जानकारीलाई हेर्दा आईफोन फाइभ सीको अपग्रेडेड भर्सन आईफोन सिक्स सी सन् २०१६ को पहिलो अर्धवार्षिकभित्रै सार्वजनिक हुनेछ । एजेन्सी

प्रकाशित: ३ मंसिर २०७२, बिहीबार

Comments are closed.

Loading...