सामसुंगले टाइजेनमा आधारित शक्तिशाली स्मार्टफोनहरु ल्याउने

Technology Khabar ३ मंसिर २०७२, बिहीबार

सामसुंगले टाइजेनमा आधारित शक्तिशाली स्मार्टफोनहरु ल्याउने

काठमाडौं, ३ मंसिर । सामसुंगको आफ्नो अपरेटिंग सिस्टम टाइजेन पछिल्ला दिनहरुमा निकै चर्चामा रहँदै आएको छ । लिनक्स प्लेटफर्मको यो अपरेटिंग सिस्टम डेपलपर्सका माझमा छिटै लोकप्रिय भएको छ ।

सामसुंगको यहि अपरेटिंग सिस्टमको बारेमा नयाँ रिपोर्ट सामसुंग भियतनामबाट बाहिर आएको छ । उक्त जानकारीअनुसार सन् २०१६ सामसुंगको टाइजेनका लागि रिभोल्यूशन ईयरको रुपमा हुने दाबी गरिएको छ । रिपोर्टअनुसार कोरियाली कम्पनीले आगामी वर्ष टाइजेनमा आधारित शक्तिशाली ह्याण्डसेटहरुको पूरै नयाँ सेट सार्वजनिक गर्नेछ । यो अपरेटिंगमा आधारित भएर कम्पनीले विभिन्न वेयरेबल्स तथा इन्ट्री लेभलका स्मार्टफोनहरु सार्वजनिक गर्नेछ ।MobilesKhabar_2

सामसुंगको जेड वान र जेड थ्री स्मार्टफोनहरुले बजारमा हाल निकै राम्रो प्रस्तुती देखाएको बताईएको छ ।

पछिल्ला दिनहरुमा टाइजेन इकोसिस्टम द्रूत गतिमा बढिरहेको छ भने हरेक एप्स पनि टाइजेनमा आधारित भएर विकास गरिनेछ । तर यो अपरेटिंग सिस्टमको एक मात्र कमी महशुश गरिएको विषय भनेको यसको लागि आवश्यक हार्डवेयर नै हो । यदी  यो रिपोर्ट सहि हो भने आगामी दिनमा हामीले सामसुंग जेड सिरिजका पुरै सिरिज देख्न पाउनेछौं । कम्पनीले आगामी महिनाहरुमा नै जेड सिरिजका जेड फाइभ तथा जेड एट स्मार्टफोन सार्वजनिक गर्न सक्ने बताईएको छ । एजेन्सी

प्रकाशित: ३ मंसिर २०७२, बिहीबार

Comments are closed.

Loading...