फेसबुकद्धारा आईओएस प्रयोगकर्ताका लागि ३६० डिग्री भिडियो

Technology Khabar २९ कार्तिक २०७२, आईतवार

फेसबुकद्धारा आईओएस प्रयोगकर्ताका लागि ३६० डिग्री भिडियो

काठमाडौं ।

काठमाडौं, २९ कात्तिक । फेसबुकले आईफोन प्रयोगकर्ताको लागि ३६० डिग्री भिडियो फीचर (360 Video Feature) सार्वजनिक गरेको छ ।

फेसबुकले आईओएसका लागि ३६० डिग्री भिडियो फीचर शुरु गरेको हो । फेसबुकले पछिल्ला केहि महिनादेखि आफ्नो भिडियो फीचरमा परिवर्तन गर्दै उत्कृष्ट बनाउने प्रयासमा लागेको थियो ।

हालै कम्पनीले फेसबुक फीडमा भिडियोको लागि विशेष फीचर दिने घोषणा पनि गरेको छ । फेसबुकको यो ३६० डिग्री भर्चुअल रियालिटी फीचर वेब तथा एन्ड्रोयड यूजर्सका लागि सेप्टेम्बरमा जारी गरेको थियो ।

यो फीचर प्रयोग गरेर प्रयोगकर्ताका लागि डिज्नी च्यानल, गो प्रो, डिस्कभरी तथा भाइसले सेप्टेम्बरदेखि नै ३६० डिग्री भिडियो अपलोड गरेर शुरु गरिसकेका छन् ।360degree650_111315072201

यो फीचरको माध्यमबाट ३६० डिग्रीमा भिडियो बनाएको भिडियो प्रयोगकर्ताले फेसबुकमा हेर्न सक्दछन् । साथै प्रयोगकर्ताले भिडियोलाई हरेक दिशामा घुमाएर त्यसको मज्जा लिन सक्दछन् । यसको लागि भिडियो नेभिगेशनको अप्शन रहेको हुन्छ । माउसद्धारा प्रयोगकर्ताले भिडियो घुमाएर हरेक कोणको दृश्य हेर्न सक्दछन् ।

Global Bank
easy care

प्रकाशित: २९ कार्तिक २०७२, आईतवार

ताजा समाचार