ट्याग होयरको १ लाख ६० हजार पर्ने स्मार्टघडी, एन्ड्रोयडमा आधारित पहिलो लग्जरीयस स्मार्टवाच

Technology Khabar २४ कार्तिक २०७२, मंगलवार

ट्याग होयरको १ लाख ६० हजार पर्ने स्मार्टघडी, एन्ड्रोयडमा आधारित पहिलो लग्जरीयस स्मार्टवाच
Classic Tech

काठमाडौं, २४ कात्तिक । स्वीस घडि निर्माता कम्पनी ट्याग होयरले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकाको न्यूयोर्कमा ट्याग होयर क्यारेरा(TAG Heuer Carrera) नामक घडि सार्वजनिक गरेको हो ।

ट्याग होयरले एन्ड्रोयडमा आधारित स्मार्टवाच गूगल तथा इन्टेलको सहकार्यमा उत्पादन गरेको हो । कम्पनीले यसको मूल्य १५०० अमेरिकी डलर अर्थात करिब १ लाख ६० हजार ५ सय रुपैंया तोकेको छ ।screen-shot-2015-11-09-at-11-18-18-am

यो घडिमा इन्टेलको १.६ गीगाहर्जको ड्यूल कोर प्रोसेसर राखिएको छ, जुन घडिको साइज १ं५ इन्चको गोलाकार रहेको छ । यो घडिमा ट्रान्सफ्लेक्टिभ एलटिपिएस एलसीडी (Transflective LTPS LCD) डिस्प्ले राखिएको छ, जसलाई स्क्र्याचबाट बचाउनको लागि साफिरे क्रिष्टल ग्लास (Sapphire Crystal Glass) को प्रयोग गरिएको छ ।

यो घडिको डिस्प्लेको रिजोल्यूशन ३६०X३६० पिक्सेल छ भने पिक्सेल डेन्सिटी २४० पीपीआई रहेको छ ।screen-shot-2015-11-09-at-11-21-24-am

ट्याग होयरको पहिलो स्मार्टवाचमा १ जीबीको र्याम छ भने ४ जीबीको इन्टरनल स्टोरेज राखिएको छ । यो घडिलाई संचालन गर्नको लागि ४१० एमएएच पावरको ब्याट्री राखिएको छ ।

ट्याग होयरको स्मार्टवाचमा सेन्सरका लागि गाईरोस्कोप (Gyroscope), टिल्ट डिटेक्सन सेन्सर (Tilt Detection Sensor), माइक्रोफोन, तथा हेप्टिक इन्जिन (Haptic Engine) रहेको छ । यसमा कनेक्टिभिटीका लागि ब्लूटूथ बीएलई ४.१ (Blooth BLE 4.1) भर्सन तथा वाईफाई (Wi-Fi 2.4 GHz 802.11 B/G/N) राखिएको छ ।screen-shot-2015-11-09-at-11-18-31-am

यो घडिको तौल ५२ ग्राम त भने ४६ मिलिमीटर चौडा तथा १२.८ मिलिमीटर मोटाइको छ । यो घडि एन्ड्रोयडको ४.३ भर्सनमा अथवा आईओएसको ८.२ भर्सनमा संचालन हुन्छ ।

यो घडिमा हावाको दिशा र गति नाप्ने तथा मौसमको अवस्था नाप्ने मेसिन राखिएको छ भने आईपी ६७ (IP67) वाटर एण्ड डस्ट रेसिस्टान्स(निश्चित मात्रासम्मको धुलो र पानीले असर नगर्ने) क्षमता रहेको छ ।TAG Heuer_2

ट्याग होयर, एन्ड्रोयड वेयरका इन्जिनियरिंगका भ्वाइस प्रेसिडेन्ट डेभिड सिंगलेटनले क्लासिक ट्याग होयर डायलसँग निकै आकर्षक सेटको डिजिटल घडीको आकृतीलाई कम्पनीले जोडेको बताए । उनले ब्लग पोस्टमा भने, ‘हामीले तपाईहरु वेदर, स्टेप काउण्ट अथवा क्यालोरी जस्ता के जानकारी चाहनुहुन्छ त्यसलाई पर्सनलाइन गर्न सकेका छौं ।’

यो घडि टाइटानियमबाट बनेको छ भने ६ वटा कस्टमाइजेवल वाच ब्याण्डसहित आउँछ ।

यो घडि विश्वको सबैभन्दा पहिलो लग्जरीयस एन्ड्रोयड वाच भएको छ, जसले बजारमा एप्पल वाचसँग प्रतिस्पर्धा गर्नेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीन क्लाउड विभरले एक प्रस्तुतीमा परम्परागत स्वीस घडिको संसार सिलिकन भ्यालीसँग विवाह भएको जस्तो जनाए ।TAG Heuer_1

यो घडिको खरिदकर्ताले विशेष सुविधा पनि पाउने भएको छ । आगामी दुईवर्षपछि ट्याग होयरको स्मार्टवाच खरिदकर्ताले थप १,५०० अमेरिकी डलर तिरेर साथमा आफ्नो प्रयोग गरेको घडि बिक्री गरेर परम्परागत क्यारेरा वाच खरिद गर्न सक्नेछ, जसको मूल्य ३,००० अमेरिकी डलर ३ लाख २१ हजार रुपैँयाको हाराहारीमा हेको छ ।

यो स्मार्टवाचको ब्ल्याक ब्याण्ड ब्रासलेट अप्सन मात्र अनलाइन खरिदका लागि उपलब्ध रहेको छ भने अन्य कलर अप्शनका घडिहरु स्टोरमा खरिद गर्न सकिनेछ । हाल अमेरिकामा मात्र सार्वजनिक भएको यो घडि नोभेम्बर १२ देखि यूरोपेली मुलुकमा उपलब्ध हुनेछ भने अन्य बजारमा कहिले उपलब्ध हुन्छ भन्ने केहि जानकारी छैन् । एजेन्सीको सहयोगमा

प्रकाशित: २४ कार्तिक २०७२, मंगलवार

Comments are closed.

Loading...