माइक्रोम्याक्सको क्यानभास सेल्फी २ स्मार्टफोन नेपाली बजारमा

Technology Khabar २४ कार्तिक २०७२, मंगलवार

माइक्रोम्याक्सको क्यानभास सेल्फी २ स्मार्टफोन नेपाली बजारमा
Global IME Bank

काठमाडौं ।

काठमाडौँ, २४ कार्तिक ।  माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास सेल्फी टू Canvas Selfie 2)को क्यू३४० मोडलको स्मार्टफोन ल्याएको हो ।

क्यानभास सेल्फी टू स्मार्टफोनमा विशेष किसिमका प्रोसेसिङ्ग रहेको छ र यो एन्ड्रोयडको ललीपप ५.० भर्सनको अपरेटिंग सिस्टममा संचालन हुन्छ । यो श्रेणीको बजारमा उपलब्ध फोनमध्ये सबैभन्दा उत्कृष्ट भएको कम्पनीको दाबी छ ।

यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ जसले गर्दा फोनमा सबै प्रकारका मल्टिमिडिया चलाउन निकै सरल हुनेछ ।  यसका साथै माइक्रोम्याक्स क्यानभास सेल्फी २ मा ५ इन्चको एफएमभिजीए आइपीएस (FMVGA IPS) स्क्रिन रहेको छ जसमा स्पष्टताकासाथ विभिन्न खेल तथा चलचित्रहरूको आनन्द उठाउन सकिनेछ ।

माइक्रोम्याक्सको यो स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको ५ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ ।

यी सुविधाहरुका साथसाथै माइक्रोम्याक्स क्यानभास सेल्फी २ मा १ जीबीको र्याम राखिएको छ भने ८ जीबीको इन्टरनल मेमोरी पनि रहेको छ, जसलाई माइक्रोएसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यसमा कनेक्टिभिटीका लागि थ्री जी, ब्लूटूथ, माइक्रो यूएसबीलगायतका अप्शन रहेका छन् । यी सबै सुविधाहरु सरलताका साथ चलाउन २००० एमएएचको ब्याट्रि छ जसले यो मोबाईलमा रहेको अत्याधुनिक सुविधाहरुको कार्य क्षमता बढाउने र मोबाइलमा लामो अनुभव सुनिश्चित गर्ने कम्पनीको भनाई छ ।

कम्पनीले बजेट फोनको रुपमा भित्र्याएको क्यानभास सेल्फी २ को मूल्य स्थानिय बजारमा  रु १०, ५६०/- तोकेको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २४ कार्तिक २०७२, मंगलवार

ताजा समाचार

Taiwan’s chip output soars in 2024 on AI, says TSMC

  • Technology Khabar
  • २३ कार्तिक २०८१, शुक्रबार