विश्वको सबैभन्दा तिब्रगतिको स्मार्टफोन आउँदै, २३ मेगापिक्सेलको रियर क्यामरा हुने

Technology Khabar २३ कार्तिक २०७२, सोमबार

विश्वको सबैभन्दा तिब्रगतिको स्मार्टफोन आउँदै, २३ मेगापिक्सेलको रियर क्यामरा हुने

काठमाडौं, २३ कात्तिक । ताइवानी कम्पनी एचटिसी छिटै नै नयाँ फ्ल्यागशिप फोन पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन एचटीसी वान एक्स नाइन (HTC One X9) सार्वजनिक गर्ने तयारी गरेको हो । एचटिसीको नयाँ स्मार्टफोनबारे माइक्रोब्लगिंग साइट वेबोमा लीक भएको छ ।

एचटिसीले केहि दिन अगाडि मात्रै एन्ड्रोयड मार्शमाल्लोमा आधारित एप्पलजस्तै स्मार्टफोन वान एम नाईन(One M9) सार्वजनिक गरेको थियो।

वेबोमा आएको जानकारीअनुसार एचटिसीको यो फोन विश्वको तिब्रगतिको स्मार्टफोनमध्येको एक हुनेछ । यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८२० अथवा मिडिया हेलियो एक्स २० प्रोसेसर राखिने छ ।

यो स्मार्टफोनमा हुनसक्ने मध्येको एक क्वालकमको नयाँ स्न्यापड्रयागन ८२० प्रोसेसर यहि नोभेम्बरमा सार्वजनिक हुँदैछ जुन कम्पनीले अहिलेसम्मको सबैभन्दा तिब्रगतिको प्रोसेसर हुने दाबी गरेको छ । त्यस्तै अर्को टेन-कोर (10 Core) भएको मिडिया टेक हेलियो एक्स २० (MediaTek Helio X20) लन्च हुने दिन तोकिएको छैन् ।HTC One X9

प्रोसेसर नै सार्वजनिक नभएको बेलामा एचटिसीको फोन निर्माण पनि केहि पछि पुग्नेछ । अनुमान अनुसार यो फोन जनवरी २०१६ भन्दा पहिले लन्च हुनसक्दैन् ।

यो फोनको मोडल नम्बर ई५६ (E56) को मूल्य करिब २,९९९ यूआन अर्थात करिब ४७० अमेरिकी डलर पर्ने अनुमान गरिएको छ । यसमा क्यूएचडी डिस्प्ले अर्थात टू के (2K) डिस्प्ले रहनेछ जसको साइज कति हुन्छ भन्ने जानकारी छैन् ।

यसमा ४ जीबीको र्याम तथा ६४ जीबी र १२८ जीबीको इन्टरनल मेमोरीको दुईवटा संस्करण हुनेछ । यदपी यो फोनको मूल्य सस्तो बनाउन ३२ जीबीको भेरियन्टमा पनि आउन सक्नेछ ।

क्यामराको आधारमा एचटिसी वान एक्स नाईनमा २३ मेगापिक्सेलको रियर क्यामरा तथा ४ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहनेछ । यसको रियर क्यामराले फोरके (4K) क्षमताको भिडियो खिच्न सक्नेछ ।

यो फोनको मेटल बडि राखिएको छ भने यसमा दुईवटा एचटिसी बुमसाउण्ड स्पीकर्स अग्रभागमा हुनेछ । यो फोनमा ३,५०० एमएएचको ब्याट्री राखिने बताईएको छ भने एन्ड्रोयडको सबैभन्दा नयाँ अपरेटिंग सिस्टम मार्शमाल्लो ६.० भर्सनमा आधारित हुनेछ ।

एचटिसी वान एक्स नाईनको बारेमा विभिन्न जानकारी लीक भएपनि कम्पनीले अहिलेसम्म कुनै जानकारी औपचारिकरुपमा दिएको छैन् । एजेन्सीको सहयोगमा

TK Viber

प्रकाशित: २३ कार्तिक २०७२, सोमबार

Loading...