अपटेड समाचार

जोलोको निकै सस्तो मूल्यको एचडी स्मार्टफोन ‘एरा एचडी’

काठमाडौं, २२ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी जोलोले भारतीय बजारमा नयाँ स्मार्टफोन एरा एचडी सार्वजनिक गरेको छ । कम्पनीले यो फोनलाई बजेट एचडी फोनको रुपमा बजारमा ल्याएको हो ।

जोलोले सार्वजनिक गरेको एरा एचडी कम्पनीको एरा स्मार्टफोनको अपग्रेड भेरिएन्ट हो । जोलोले एरा स्मार्टफोन यहि जुलाईमा सार्वजनिक गरेको थियो ।xolo-era-1

जोलोको नयाँ स्मार्टफोनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ ।

यो फोनमा १.२ गीगाहर्जको क्वाड कोर स्प्रेडट्रम प्रोसेसर तथा ग्राफिक्सका लागि ४०० एमपी जीपीयू राखिएको छ । फोनमा १ जीबीको र्याम तथा ८ जीबीको इनबिल्ट स्टोरेज छ, जसलाई माइक्रो एसडीद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।

जोलो एरा एचडीमा फ्ल्याशसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।xolo-era-4

यसमा २५०० एमएएचको ब्याट्री राखिएको छ जुन कम्पनीकाअनुसार १० घण्टाको टक टाइम तथा ५५६ घण्टाको स्ट्याण्डबाइ टाइम दिन्छ ।

यो फोनमा कनेक्टिभीटीका लागि जीपीआरएस, थ्रीजी, वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबीलगायतको अप्शनहरु राखिएको छ ।

भारतीय बजारमा यो फोनको मूल्य ४,७७७ भारु तोकेको छ । यो स्मार्टफोन रकि ग्रे कलरमा उपलब्ध रहेको छ ।