अन्तर्राष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल २०१५’ आयोजना हुँदै

Technology Khabar २२ कार्तिक २०७२, आईतवार

अन्तर्राष्ट्रिय कार्यक्रम ‘वर्डक्याम्प नेपाल २०१५’ आयोजना हुँदै

काठमाडौं ।

काठमाडौं २१ कात्तिक । संसारको प्रख्यात वेबसाइट बनाउने र निशुल्क प्रयोग गर्न सकिने (Open Source) सफ्टवेर ‘वर्डप्रेस’ (WordPress) सम्वन्धि एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प नेपाल २०१५” को आयोजना आगामी मंसिर ५ गते हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह (वर्डप्रेस नेपाल)द्धारा नेपालमा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ ।

यस संस्करणको वर्डक्याम्प जावलाखेलको नेपाल एडमिनिष्ट्रेटिभ स्टाफ कलेजमा हुनेछ । उक्त कलेजको २ ओटा हलहरु मध्ये एउटामा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुमा बिज्ञहरुद्वारा प्रस्तुतीकरण हुनेछन । कार्यक्रम (वर्डप्रेस) मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनि, सूचना प्रबिधिका बिद्यार्थी तथा वर्डप्रेससंग सम्वन्धित व्यक्तिहरु संग सम्बन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका सुवास खड्काले दिए ।

कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रममालाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् । कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने जानकारी पनि खड्काले दिए ।

एक तथ्यांक आनुसार झण्डै ५ मा १ वटा विश्वका वेबसाईटहरु वर्डप्रेसले चल्छन्।

Global Bank
easy care

प्रकाशित: २२ कार्तिक २०७२, आईतवार

ताजा समाचार