हुवावेको वाई थ्री बेलायतमा सबैभन्दा सस्तो फोनको रुपमा उपलब्ध

Technology Khabar २० कार्तिक २०७२, शुक्रबार

हुवावेको वाई थ्री बेलायतमा सबैभन्दा सस्तो फोनको रुपमा उपलब्ध
Classic Tech

काठमाडौं, २० कात्तिक । हुवावेले आफ्नो बजेट फोन वाई थ्री (Y3) बेलायतमा बिक्रीका लागि घोषणा गरेको छ । कम्पनीले हुवावे वाई थ्री स्मार्टफोनलाई सबैभन्दा सस्तो फोनको रुपमा बेलायती बजारमा सार्वजनिक गरेको हो ।

हुवावेले यो फोन सार्वजनिक गर्दै बेलायतको अहिलेसम्मकै सबैभन्दा सस्तो स्मार्टफोन भएको दाबी पनि गरेको छ । कम्पनीले बेलायतमा यो फोनको मूल्य ५९.९९ पाउण्ड (करिब ९ हजार ७ सय २० रुपै‌या) तोकेको छ । यो फोन खरिदकर्ताले अनलक गरेपछि सिम निशुल्क प्राप्त गर्ने बताईएको छ ।

त्यसैगरी कम्पनीले यो फोन आई डि मार्फत महिनाको ५ पाउण्डको योजना पनि गरिद गर्न सकिने व्यवस्था गरेको छ । दुई वर्षको हुने यो कन्ट्याक्ट योजनामा १५० मिनेटको कुराकानी, ५,००० टेक्स्ट तथा २५० एमबीसम्मको थ्रीजी डाटा प्रत्येक महिना प्राप्त गर्न सकिनेछ । त्यसैगरी यसमा ४४.९९ पाउण्डको अर्को असिमित कुराकानी र टेक्स्टका साथै १० जीबीसम्मको निशुल्क डाटा प्राप्त गर्न सकिने अर्को योजना पनि राखेको छ । huawei Y3_1

हुवावेको वाई थ्री स्मार्टफोन अक्टोबर ४ तारिखदेखि बेलायतमा सार्बजनिक गरिएपनि आज शुक्रबारदेखि मात्र खरिद गर्न पाईने छ । यो फोन कारफोन वेयरहाउसको स्टोरबाट वा अनलाईनबाट खरिद गर्न सकिनेछ ।

हुवावेको निकै सस्तो फोनको रुपमा आएको यो वाई थ्रीमा ४ इन्चको टचस्क्रीन डिस्प्ले राखिएको छ ।  यो फोनमा स्प्रेडट्रम ७७३१ चिपसेटका साथमा  १.२ गीगाहर्जको क्वाड कोर सीपीयू राखिएको छ भने ५१२ एमबीको र्याम राखिएको छ । फोनमा ४ जीबीको इन्टरनल स्टोरेज रहेको छ जसलाई बढाउन सकिन्छ । यसमा १,७३० एमएएचको ब्याट्री छ भने यो फोन थ्रीजी सपोर्टिभ रहेको छ ।

हुवावे वाई थ्रीमा एन्ड्रोयडको किटक्याट ४.४ भर्सनको अपरेटिंग सिस्टमका साथमा हुवावेको इमोशन यूआई ३.० लाईट राखिएको छ । यो फोन कालो र सेतो रंगमा उपलब्ध रहेको छ । एजेन्सीको साथमा

प्रकाशित: २० कार्तिक २०७२, शुक्रबार

Comments are closed.

Loading...