Technology Khabar १८ कार्तिक २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, १६ कात्तिक । पछिल्लो दिनहरुमा विभिन्न मोबाइल ब्राण्डका विभिन्न मोडलहरुमा गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टमको ललीपप ५.० भन्दा माथी अपग्रेड गर्ने क्रम भईरहेका छन भने कतिपय नयाँ स्मार्टफोनहरु ललीपपमा नै आधारित भएर सार्वजनिक भईरहेका छन् ।
गूगलको ललीपप ५.० भर्सन वा त्यसभन्दा माथिका भर्सनहरु अपडेट गर्न गूगलबाट अनुमति आवश्यक हुन्छ भने विभिन्न मोडलहरुमा पनि सपोर्ट गर्ने सिस्टमहरु हुनु पर्दछ ।
यहि क्रममा हुवावेको स्मार्टफोनका केहि मोडलहरुमा ललीपप अपडेट उपलब्ध भएको छ । हुवावेले आफ्ना विभिन्न मोडलका फोनमा ललीपप भर्सन अपग्रेड गर्न सकिने जानकारी सार्वजनिक गरेको छ ।
कम्पनीले केहि दिनअघि नै ललीपपमा अपग्रेड गर्न सकिने मोडलहरुको बारेमा जानकारी दिएको हो । यसअन्तरगत हुवावेको एसेन्ड मेट सेभेन, पि ८, पि ८ लाईट, जी प्ले मिनीलगायतका फोनमा ललीपप उपलब्ध गराएको छ । यसमध्ये जी प्ले मिनीमा ललीपप अपग्रेड नेपालमा पनि उपलब्ध भईसकेको कम्पनीको सर्भिस सेन्टरका कर्मचारीले जानकारी दिए । यो डिभाइसमा ललीपप अपग्रेड गर्न कम्पनीको आधिकारीक शोरुमबाट निशुल्क सेवा लिन सकिन्छ । अन्य बजारमा अनर फोर सी (Honor 4C) को नाममा बिक्री हुने फोनको मोडल नेपालमा जी प्ले मिनीको नामबाट बिक्री हुँदै आएकोछ ।
यसैबिच हुवावेले एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोयड एम अर्थात मार्शमाल्लो (Marshmallow) भर्सनमा अपडेट हुने स्मार्टफोनहरुको लिस्ट सार्वजनिक गरेको छ । कम्पनीले अनर फोर सी (Honor 4C) अर्थात जी प्ले मिनी, अनर ६ प्लस(Honor 6 Plus), अनर सेभेन(Honor 7), अनर सिक्स(Honor 6) तथा अनर फोर एक्स(Honor 4X) मोडलमा मार्शमाल्लो भर्सन अपग्रेड गर्न सकिने जानकारी दिएको छ । यी स्मार्टफोनहरुमा सन् २०१६ को फेब्रुअरीदेखि नयाँ ओएस उपलब्ध हुने भएको हो । यो जानकारी भने हुवावेको भारतीय सब्सीडरी अनर इण्डियाले ट्वीटरमार्फत दिएको हो ।
नेपालमा भने हुवावेका केहि मोडलहरुमा गूगलको ललीपप भर्सन नै अपग्रेड उपलब्ध नभईरहेको बेलामा मार्शमाल्लो भर्सन कहिले अपग्रेड गर्न पाइन्छ वा पाईँदैन त्यो हेर्न भने कुर्नु नै पर्दछ ।
प्रकाशित: १८ कार्तिक २०७२, बुधबार