इन्धन अभावले सुचना प्रविधिको क्षेत्र प्रभावित

Technology Khabar १६ कार्तिक २०७२, सोमबार

इन्धन अभावले सुचना प्रविधिको क्षेत्र प्रभावित
Classic Tech

काठमाडौं, १६ कात्तिक । इन्धन अभावले सिर्जित समस्याले सुचना प्रविधि क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले जनाएको छ । क्यान महासंघले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा भर्खरै फस्टाउने क्रममा रहेको प्रविधि क्षेत्रमा यसले थप संकट निम्त्याएको उल्लेख गरेको छ ।

उसले भनेको छ, ‘अत्यावश्यक आधारभूत आवश्यकताको रुपमा रहेको ईन्धनको अभावले गर्दा प्रविधिजन्य सामाग्रीहरुको ढुवानी गर्न सकिरहेको छैन । प्रविधिको नयाँ उत्पादन र सेवाहरु भित्र्याउन नसक्दा एकातिर प्रविधिको विकासमा अवरोध सिर्जना भएको छ भने अर्काेतिर मुलुकको राजस्वमा समेत प्रतिकुल असर पर्न थालेको छ । ‘

त्यसैगरी इन्धन अभावको कारणले ईन्टरनेट सेवा प्रदायक, हार्डवेयर, सफ्टवेयर, टेलिकम्युनिकेशन, पावर सोलुसन्स्, एसेसोरिज सेल्स एण्ड डिष्ट्रिब्युटर्स लगायतका कम्पनीहरुलाई सेवा प्रदान गर्न कठिनाई भईरहेको दाबी गरेको छ ।

समस्याको तत्काल समाधान हुन नसकेको खण्डमा मुलुकमा प्रविधिको विकासक्रम झन खस्किने निश्चित भएको भन्दै समस्या समाधानका लागि उचित पहल गर्न क्यान महासंघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित: १६ कार्तिक २०७२, सोमबार

Comments are closed.

Loading...