माइक्रोसफ्टको एन्ड्रोयडका लागि नयाँ लन्चर, चाहे अनुसारको आइकन बनाउनुहोस्

Technology Khabar १३ कार्तिक २०७२, शुक्रबार

माइक्रोसफ्टको एन्ड्रोयडका लागि नयाँ लन्चर, चाहे अनुसारको आइकन बनाउनुहोस्

काठमाडौं ।

काठमाडौं, १३ कात्तिक । माइक्रोसफ्टले एन्ड्रोयड अपरेटिंग सिस्टमका लागि बनाएको विशेष लन्चर एरो (Arrow) अब सबैको लागि सार्वजनिक गरेको छ ।  माइक्रोसफ्टको यो एप अब गूगलको प्ले स्टोरबाट निशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

यो लन्चरमा एन्ड्रोयडलाई कस्टमाइज गर्नका लागि अनेकौं अप्शनहरु दिएको छ, जसले गर्दा प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार परिवर्तन गर्न सक्दछ ।

यो लन्चरमा पाँच वटा विण्डो राखिएको छ, जसमा एप, रिसेन्ट, पिपुल, भिजिट तथा नोट्स रहेका छन् । रिसेन्ट विण्डोजमा प्रयोगकर्ताको स्मार्टफोनमा नै कम्प्यूटरको जस्तै भर्खरै खोलेका फाइलहरु देखिनेछ, जुन प्रयोग गर्नको लागि सहज हुनेछ ।
यो एपको एक पेज केबल नोट्स तथा रिमाइन्डरका लागि दिईएको छ, जसमा प्रयोगकर्ताले क्विक नोट अथवा रिमाइण्डर गरेर राख्न सक्दछ ।arrow650_1

यो एपको मद्धतबाट प्रयोगकर्ताले होम पेज पनि परिवर्तन गर्न सक्दछ । प्रयोगकर्ताले नियमितरुपमा सबैभन्दा धेरै प्रयोग गर्ने एपको लन्चरले एक लिस्ट बनाउने छ ।

यो लन्चरले कयौं किसिमका आइकन प्याक सपोर्ट गर्दछ । यसको सहयोगबाट प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा भएका आइकनहरुलाई पटक पटक परिवर्तन गर्न सक्नेछ ।

यो लन्चर एप स्मार्टफोनमा एन्ड्रोयडको ४.०.३ भर्सनभन्दा पछिल्लो भर्सनमा मात्र डाउनलोड गर्न सकिन्छ । माइक्रोसफ्टले भर्खरमात्रै सार्वजनिक गरेको १.०.०.१७६८० भर्सनको यो एप ४.३ एमबीको रहेको छ ।

यो समाचार तयार पारुन्जेलसम्म ५ हजार १ सय ७१ जनाले रेटिंग गरिरकेका छन भने यो एपले ४.३ औसत रेटिंग पाएको छ ।
माइक्रोसफ्टको लन्चर एप एरो यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।

Global Bank
easy care

प्रकाशित: १३ कार्तिक २०७२, शुक्रबार

ताजा समाचार