इनफोकसको बजेट फोन ‘एम२६०’

Technology Khabar १३ कार्तिक २०७२, शुक्रबार

इनफोकसको बजेट फोन ‘एम२६०’

काठमाडौं ।

काठमाडौं, १३ कात्तिक । मोबाइल फोन निर्माता कम्पनी इनफोकसले बजेट रेन्जको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इनफोकश एम२६० (InFocus M260) स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोनमा ४.५ इन्चको डिस्प्ले रहेको छ । यो फोन बजेट फोनको रुपमा कम्पनीले बजारमा ल्याएपनि यसको अपरेटिंग सिस्टम एन्ड्रोयडको ललीपप ५.१ भर्सन रहेको छ ।InFocus_M260_1

यो फोनमा १.३ गीगाहर्जको मिडियाटेक क्वाड कोर चिपसेट राखिएको छ भने १ जीबीको र्याम रहेको छ । फोनमा ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।Infocus_2

इनफोकस एम २६० स्मार्टफोनमा २,००० एमएएच ब्याट्री छ भने यसमा थ्रीजी, टूजी सपोर्ट, वाईफाई, ब्लूटूथ ४.० तथा एफएम रेडियो लगायतका फीचरहरु रहेका छन् । यो फोनमा दुई सिम सपोर्ट गर्दछ ।

इनफोनकसको नयाँ बजेट फोनमा एलईडी फ्ल्याशसहितको ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । त्यसैगरी यसमा एक्सेलेरोमिटर, कम्पास, प्रोक्सिमिटी सेन्सरलगायतका सुविधा पनि राखिएको छ ।Infocus-M260

कम्पनीले भारतमा सार्वजनिक गरेको यो स्मार्टफोनको मूल्य भारु ३,९९९ तोकिएको छ । यो फोन ह्वाइट, अरेन्ज तथा एल्लो कलरमा उपलब्ध हुनेछ ।

Sajilo Visa

प्रकाशित: १३ कार्तिक २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया