Technology Khabar १२ कार्तिक २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १२ कात्तिक । हुवावेले अनर सिरिजको नयाँ स्मार्टफोन होम कन्ट्रि चीनमा सार्वजनिक गरेको छ । हुवावेले चीनमा अनर फाइभ एक्स (Honor 5X) सार्वजनिक गरेको हो । कम्पनीले यसअघि अनर फोर एक्स सार्वजनिक गरेको थियो ।
अनर फाइभ एक्समा ५.५ इन्चको डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १०८०X१९२० पिक्सेल रहेको छ । यो फोनमा ६४ बिटको अक्टा-कोर स्न्यापड्रयागन ६१६ चीप राखिएको छ भने हुवावेको यो स्मार्टफोन र्यामको आधारमा दुई वटा भेरियन्टमा सार्वजनिक गरिएको हो । यसमा १.७ गीगाहर्जको क्वाड कोर कोर्टेक्स ए ५३ तथा १.३ गीगाहर्जको क्वाड कोर ए५३ प्रोसेसर छ भने एड्रेनो ४०५ जीपीयू रहेको छ ।
यो स्मार्टफोन २ जीबी तथा ३ जीबी र्यामको फरक भेरियन्ट रहेको छ । त्यसैगरी यसमा १६ जीबीको इन्टरनल मेमोरी रहेको छ जसलाई एसडी कार्डको सहयोगबाट १२८ जीबीसम्म पुर्याउन सकिन्छ । अनर फाइभ एक्समा ड्यूल एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने फ्रन्ट क्यामरा ५ मेगापिक्सेलको रहेको छ ।
हुवावेको अनर फाइभ एक्समा ३,००० एमएएचको ब्याट्री राखिएको छ भने यो फोन ३० मिनेटभित्र चार्ज गर्दा ५० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ ।
फोरजी स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ, जुन कम्पनीको सबैभन्दा नयाँ फिंगरप्रिन्ट २.० भर्सन रहेको छ । यो सेन्सर स्मार्टफोनको रियर क्यामराको मुनी रहेको छ । यसमा दुई सिम सपोर्ट गर्दछ भने दुबै सिम फोरजी सपोर्ट गर्ने रहेको छ ।
अनर फाइभ एक्समा ब्लूटूथ ४.१, यूएसबी २.०, जीपीएस, वाईफाई तथा फोरजी एलईटी कनेक्टिभिटी फीचर राखिएको छ ।
चीनियाँ बजारमा २ जीबी र्यामको स्मार्टफोनको मूल्य कम्पनीले ९०० यूआन तोकेको छ भने ३ जीबी र्यामसहितको स्मार्टफोनको मूल्य १,३९९ यूआन तोकिएको छ । यो स्मार्टफोन हाल चीनमा मात्र सार्वजनिक भएको छ भने अन्य बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।
प्रकाशित: १२ कार्तिक २०७२, बिहीबार