केबल ९ हजार रुपैंयामा किन्न सकिने पोर्टेबल कम्प्यूटर

Technology Khabar १२ कार्तिक २०७२, बिहीबार

केबल ९ हजार रुपैंयामा किन्न सकिने पोर्टेबल कम्प्यूटर

काठमाडौं ।

काठमाडौं, १२ कात्तिक । स्मार्टफोनको समयमा विश्वभर अझै कम्प्यूटर प्रयोगकर्ताहरु रहेका छन् । अहिलेको समय स्मार्ट प्रविधिको भएको हुँदा बजारमा अहिले आउने कम्प्यूटरहरु अझै स्मार्ट र पोर्टेबल रहेका छन् ।

समयका साथ साथ कम्प्यूटरको साइजमा पनि परिवर्तन भईरहेको छ । बजारमा अहिले कयौं पोर्टेवल कम्प्यूटर बिक्रीमा रहेका छन् । तर हालै एक अमेरिकी कम्पनीले विश्वको सबैभन्दा सानो डेस्कटप कम्प्यूटर सार्वजनिक गरेको छ ।

अमेरिकाको इलेक्ट्रोनिक्स उत्पादक कम्पनी इनफोकश (InFocus) ले पोर्टेबल कम्प्यूटर लन्च गरेको छ । इन फोकसको यो पोर्टेबल डेस्कटपको नाम कंगारु राखिएको छ र कम्पनीले यसलाई विश्वको सबैभन्दा सानो डेस्कटप कम्प्यूटर भएको दाबी गरेको छ ।kangaroo 1

यो डेस्कटपको साइज १२४ मिलीमीटर लामो, ८०.५ मिलीमीटर चौडाइ तथा १२.९ मिलीमीटरको मोटाइ भएको छ । यो कम्प्यूटर स्मार्टफोन जत्रो छोटो छ । यसलाई कुनैपनि डेस्कटप तथा स्क्रीनमा कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ ।

कम्पनीले यो डेस्कटप अमेरिकामा बिक्री शुरु भईसकेको छ । तर अन्य बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।
यो कम्प्यूटर रीमूभेवल वेस यूनिटको साथै उपलब्ध रहेको छ जसमा एचडीएमआई पोर्ट यूएसबी २.० पोर्ट, यूएसबी ३.० पोर्ट तथा डिसी पावर पोर्ट पनि उपलब्ध रहेको छ । यो कम्प्यूटर विण्डोज हेलो फिंगरप्रिन्ट सेन्सरसहित उपलब्ध हुनेछ । साथै एडोप्टर तथा पावर कार्ड बाहेक यसको तौल २०० ग्राम रहेको छ ।Infocus

इनफोकशको कंगारुमा १.४ गीगाहर्जको क्वाड कोर इन्टेल चेरीट्रेल एटोम एक्स ५ जेड ८५०० (ATOM X5-Z8500) प्रोसेसर राखिएको छ । यो कम्प्यूटरमा २ जीबीको र्याम तथा ३२ जीबी इन्टरनल मेमोरी राखिएको छ । यो कम्प्यूटरमा माइक्रोएसडी स्लट रहेको छ जसको सहयोगबाट १२८ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ ।

यो डिभाइसमा एउटा ब्याट्री रहेको छ । कम्पनीका अनुसार यो सामान्य प्रयोगमा करिब ४ घण्टासम्म काम गर्दछ । यो पोर्टेबल कम्प्यूटरलाई माइक्रो यूएसबी पोर्टको सहयोगबाट चार्ज गर्न सकिन्छ ।

त्यसैगरी यो कम्प्यूटर विण्डोज १० को अपरेटिंग सिस्टममा आधारित रहेको छ । यो कम्प्यूटरमा वाईफाई, ब्लूटूथ ४.०, वायरलेस कनेक्टिभिटी फीचर्स राखिएको छ ।

अमेरिकी कम्पनी इनफोकशको यो कंगारु कम्प्यूटरको मूल्य ९० डलर अर्थात ९ हजार ३ सय ६० रुपैंया (आजको मूल्यमा) तोकिएको छ । तर यो कम्प्यूटरबाट ठूला किसिमका काम तथा उच्च स्तरको ग्राफिक्ससहितको काम गर्न भने सकिँदैन् । यो कम्प्यूटरबाट केबल वेव सर्फिंग, सामान्य किसिमका गेम्स तथा एचडी भिडियोहरु हेर्न सकिन्छ । एजेन्सीको सहयोगमा

Global Bank
easy care

प्रकाशित: १२ कार्तिक २०७२, बिहीबार

ताजा समाचार