Technology Khabar १० कार्तिक २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, १० कात्तिक । जियोनीले आफ्नो इलाईफ एस सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले भर्खरै मात्र इलाईफ इ एट सार्वजनिक गरेको थियो भने अब जियोनीले इलाईफ एस सिक्स (Elife S6) ल्याउन लागेको हो ।
जियोनीको नयाँ स्मार्टफोनको बारेमा विभिन्न किसिमका तस्विरहरु सार्वजनिक भएका छन जसले इलाईफ एस सिक्स स्मार्टफोनको बारेमा जानकारी दिन्छ । कम्पनीको यो फोन आगामी नोभेम्बर १६ तारिखमा सार्वजनिक हुने छ ।
यो स्मार्टफोनको बारेमा हाललाई धेरै जानकारी आएको छैन् । तर रिपोर्टहरुका अनुसार यो गत अगस्टमा टेना सर्टिफिकेट पाएको मोडल जीएन९००७ (GN 9007) भएको स्मार्टफोन हो ।
जियोनीको इलाईफ एस सिक्स स्मार्टफोनमा मिडिया टेकको चीपसेट राखिएको छ, जुन १.३ गीगाहर्जको अक्टा कोर प्रोसेसरको साथमा आउँछ । त्यसैगरी यसमा ५ इन्चको एमोलेड एचडी (AMOLED HD) डिस्प्ले छ ।
जियोनी इलाईफ एस सिक्समा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई बढाउन सकिनेछ । यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यो नयाँ स्मार्टफोन ६ मिलिमिटरको रहेको छ भने यसको तौल १२४ ग्राम हुनेछ ।
जियोनीको नयाँ स्मार्टफोनमा एन्ड्रोयडको ललीपप ५.१ मा आधारित अमिगो ३.१ यूआई (Amigo 3.1) राखिएको छ ।
प्रकाशित: १० कार्तिक २०७२, मंगलवार