नेपाल टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका

Technology Khabar २ कार्तिक २०७२, सोमबार

नेपाल टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका

काठमाडौं ।

काठमाडौं, २ कात्तिक । नेपाल टेलिकमले यही कार्तिक १ गतेदेखि लागु हुनेगरी इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स आईभिआर (IVR) १४१२ मार्फत सिआरबिटी (CRBT) र सिएस सिस्टमबाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ।

नयाँ व्यवस्था अनुसार आईभिआर १४१२ मार्फत तेस्रो पक्ष रिचार्ज सेवा कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत पीएसटीएन महशुल भुक्तानी, एडिएसएल रिचार्ज, जीएसएम पोस्टपेड महशुल भुक्तानी, जीएसएम प्रिपेड महशुल भुक्तानी, सिडीएमए प्रिपेड टपअप, सिडिएमए पोष्टपेड महशुल भुक्तानी र वाइम्याक्स रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै नमस्ते  रिचार्ज कार्ड प्रयोग गरी १४१३ मार्फत् पीएसटीएन सेवाको बिल भुक्तानी, जीएसएम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र एडीएसएल सेवाको महशुलभुक्तानी गर्ने सेवा पनि यथावत रहेको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २ कार्तिक २०७२, सोमबार

तपाइको प्रतिक्रिया