Technology Khabar २ कार्तिक २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, २ कात्तिक । काठमाडौं, एभरेष्ट बैंकले २१ औं वर्ष पूरा गरेको छ । आर्थिक वर्ष २०७२ असारको अन्तसंगै बैंकले समग्रमा १३ हजार करोड भन्दा बढीको व्यवसाय गरेको छ । साथै बैंकले आफ्नो नेटवर्कलाई ५३ शाखाहरु, ५ विस्तारित काउन्टर, २४ आम्दानी संकलन काउन्टर र ८० एटिएमका साथ देशभर विस्तार गरेको छ । बैंकले चाँडै नै शहरी, अर्ध शहरी तथा गाउँहरुमा गरि थप ८ शाखा र ६ एटिएम सेवाको शुरुवात गर्ने जानकारी दिएको छ ।
यस बैंकले समाजलाई बैंकिग सुविधा प्रदान गर्नुका साथै व्यवसायीक सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजका विभिन्न क्षेत्रहरुमा सहयोग समेत गर्दै आइरहेको छ । बैंकले हालसालै भूकम्प पीडितको लागि १ करोड रकम सहयोग प्रदान गरेको छ भने स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार जस्ता क्षेत्रमा समेत काम गर्दै आइरहेको जनाएको छ ।
यस समयाअवधिमा यस बैंकले आफुलाई एउटा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित गर्नुका साथै देशकै दीगो, दरिलो र विश्वासिलो आर्थिक संस्थाकोरुपमा उभ्याउन समेत सफल भएको दाबी गरेको छ ।
प्रकाशित: २ कार्तिक २०७२, सोमबार