Technology Khabar १ कार्तिक २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, १ कात्तिक । कैलाश विकास बैंकको २२ औं वार्षिक साधारण सभा मिति पोखरामा सम्पन्न भएको छ ।
संस्थाले गत आ.व.मा २५ करोड ४३ लाख खुद मुनाफा आर्जन गरेको र २०७२ आषाढ मसान्तको संचित मुनाफाबाट चुक्ता पूंजीको २४ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै संस्थाको आ.व. २०७१/०७२ को वासलात तथा सोही मितिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विबरण समेत पारित गरेकोछ ।
संस्थाले अधिकृत पूंजीबृद्धि गरी रु.२ अर्व ५० करोड पुर्याउने प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले तोके अनुसार आगामी आवको मसान्तमा चुक्ता पुंजी रु.२ अर्व ५० करोड पुर्याउन उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्ज/एक्विजिशन गरी एउटा स्थापित बैंकको रुपमा अगाडी बढ्ने योजना बनाएको छ ।
२०७२ आश्विन २९ गते सम्ममा यस संस्थाले ९ अरब ५८ करोड निक्षेप संकलन गरी रु. ८ अरब ०७ करोड कर्जा प्रवाह गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १ कार्तिक २०७२, आईतवार