Technology Khabar १ कार्तिक २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, १ कात्तिक । सूचना, संचार र प्रबिधिको क्षेत्रमा कार्यरत आईसीटी फ्रेम डिजिटल म्यागाजिनले सूचना, संचार तथा प्रविधिको क्षेत्रमा योगदान गरेको विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
दशैं तथा तिहारको अवसर पारेर आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा नेपालको सूचना, संचार र प्रबिधिको क्षेत्रमा विभिन्न किसिमबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको म्यागाजिनले जानकारी दिएको छ ।
सम्मान कार्यक्रममा आनन्दराज खनाल , बावुराम अर्याल, भेषराज पौडेल, बिप्लब मान सिंह, बिरेन्द्र कुमार मिश्र, सि. एन. उपाध्याय, राजन राज पन्त, नारायण न्यौपाने, मनोहर कुमार भट्टराई, प्रा. डा. शुवर्ण शाक्य तथा पत्रकार कृती भुजुलाई सम्मान गरेको हो ।
प्रकाशित: १ कार्तिक २०७२, आईतवार