टान अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी

Technology Khabar १ कार्तिक २०७२, आईतवार

टान अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी

काठमाडौं ।

काठमाडौं, १ कात्तिक । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेलाई ७९ मतले हराउँदै रिजाल विजयी भएका हुन् ।

गत विहिवार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रिजालले ४११ र पाण्डेले ३३२ मत ल्याए । रिजाल समूहले १७ मा १५ स्थानमा विजयी भएको छ । पाण्डे समूहबाट कोषाध्यक्ष र एक सदस्य विजयी भए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा टाँसी लाक्पा शेर्पा विजयी भए । उनले ४०४ मत ल्याए भने उनका प्रतिस्पर्धी निमा शेर्पाले ३३१ मत ल्याए । प्रथम उपाध्यक्षका प्रतिष्पर्धी तेज गुरुङले ३७१ मत ल्याएर आफ्नो विजय सुनिश्चित गरे । उनीसँगै प्रतिष्पर्धामा रहेकी विद्या हिराचनले भने ३६५ मत पाईन् ।

easy care

प्रकाशित: १ कार्तिक २०७२, आईतवार