४९ करोड रुपैंया पर्ने १८ क्यारेट गोल्ड प्लेटेड स्पीकर

Technology Khabar २९ आश्विन २०७२, शुक्रबार

४९ करोड रुपैंया पर्ने १८ क्यारेट गोल्ड प्लेटेड स्पीकर

काठमाडौं ।

काठमाडौं, २९ असोज । हरेक मानिसले जिबनमा कुनै न कुनै समयमा संगित सुन्दछ । संगित नसुन्ने मानिस हुन्छन भन्दा पत्यार नै हुँदैन् । तर कहिले काहिँ संगित सुन्नु निकै महंगो हुनसक्दछ । अर्थात संगितका पारखीहरुले महंगो मूल्य चुकाएर मात्र संगित सुन्न सक्दछन् ।

पछिल्ला दिनहरुमा गित संगित सुन्नका लागि विभिन्न किसिमका स्पीकरहरु बजारमा उपलब्ध छन् । निकै सस्ता देखि कल्पना गर्न नै नसकिने मूल्य भएका स्पीकर पनि बजारमा छन् । यसैमध्येको विश्वको सबैभन्दा महंगो स्पीकर्स यति महंगो छ की यसलाई प्रयोग गर्दापनि बिग्रने हो की भन्ने डर लाग्दछ ।D&W Aural Pleasure Speakers Cast in Gold

हार्ट कम्पनीको के डी एण्ड डब्ल्यू ओरल प्लेजर स्पकीर्स विश्वको सबैभन्दा महंगो स्पीकर्समा पर्दछ । यो स्पीकरको मूल्य कम्पनीले ३० लाख पाउण्ड अर्थात करिब ४९ करोड रुपैंया तोकेको छ ।

यो स्पीकरबाट उच्च स्तरको साउण्ड सुन्न सकिन्छ तर यो महंगो हुनाको कारण भने अर्कै छ । यो स्पीकरको ७६ सेन्टीमिटरको क्याबिनेट १८ क्यारेट गोल्डद्धारा बनाईएको छ । त्यसैगरी यो स्पीकरको विश्वमा एउटा मोडल मात्र उपलब्ध रहेको छ । कम्पनीले यो स्पीकरलाई विशेष किसिमको बनाएपछि निकै महंगो यो स्पीकर्स किन्न भने कसैले हालसम्म आँट गरेका छैनन् ।D&W Aural Pleasure Speakers Cast in Gold

यसका साथै हार्ट कम्पनीले पाँच वटा चाँदीको तथा ९९ वटा तामाको स्पकीर्स पनि बनाएको छ, जसको मूल्य पनि लाखौं तोकिएको छ ।

कम्पनीका यस्ता विशेष किसिमका स्पीकर्सको बारेमा आलोचकहरुले भने असन्तुष्टि व्यक्त गर्दै आएका छन् । एजेन्सीको सहयोगमा

Global Bank
easy care

प्रकाशित: २९ आश्विन २०७२, शुक्रबार

ताजा समाचार