लेनोभोको दुई मल्टीफीचर्स ट्याबलेट भारतमा, ट्याब थ्रीमा ६२०० एमएएचको ब्याट्री

Technology Khabar २९ आश्विन २०७२, शुक्रबार

लेनोभोको दुई मल्टीफीचर्स ट्याबलेट भारतमा, ट्याब थ्रीमा ६२०० एमएएचको ब्याट्री

काठमाडौं ।

काठमाडौं, २९ असोज । लेनोभोले योगा सिरिजको नयाँ ट्याबलेट ट्याब थ्री (Tab 3) भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सबैभन्दा पहिले यो ट्याब आईएफएमा सार्वजनिक गरेको थियो ।

कम्पनीले ट्याब थ्रीसहित अर्को ट्याबलेट ट्याब २ ए सेभेन २० (Tab 2 A7-20) पनि सार्वजनिक गरेको छ ।

लेनोभोको ट्याब थ्रीमा ८ इन्चको एचडी आईपीएस स्क्रीन राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १२८०X८०० पिक्सेल रहेको छ ।lenovo_yoga_tab_2

एन्ड्रोयडको ५.१ ललीपप भर्सनमा आधारित यो ट्याबमा कम्पनीले एनीपेन (AnyPen) टेक्नोलोजीको प्रयोग गरेको छ । यो ट्याबमा १.३ गीगाहर्जको क्वाड-कोर क्वालकम स्न्यापड्यागन २१० प्रोसेसर प्रयोग गरिएको छ भने एड्रेनो ३०४ जीपीयू राखिएको छ । यसमा डल्बि एटम्स स्पीकर पनि उपलब्ध रहेको छ ।

यो ट्याबलेटमा ८ मेगापिक्सेलको अटोफोकस क्यामरा रहेको छ, जसले १८० डिग्री एंगलसम्मको फोटो खिच्न सक्दछ । यसमा १ जीबीको र्याम राखिएको छ भने १६ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

यसमा ६२०० एमएएचको ली-अन ब्याट्री राखिएको छ, जुन २० घण्टा लगातार तथा ९५ दिनको स्ट्याण्डबाई ब्याकअप दिने कम्पनीको दाबी छ । यो फोनमा कनेक्टिभीटीका लागि फोरजीका साथै वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबीलगायतका सुविधा रहेका छन् ।

त्यसैगरी अर्को ट्याब २ ए सेभेन २० मा ७ इन्चको आईपीएस स्क्रीन राखिएको छ, जसले एचडी क्वालिटी सपोर्ट गर्दछ । lenovo_yoga_tab_3

यसमा १.३ गीगाहर्जको क्वाड-कोर मिडियाटेक प्रोसेसर राखिएको छ भने १ जीबीको डिडिआरथ्री र्याम राखिएको छ । यसमा ८ जीबीको इन्टरनल स्टोरेज छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो ट्याबलेटमा २ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरा भीजीए स्तरको रहेको छ । यो ट्याबलेटमा ३४५० एमएएचको ब्याट्री राखिएको छ ।

यो ट्याबलेट केबल वाईफाई कनेक्टिभिटीका साथमा मात्र आउँछ भने यसमा सिम प्रयोग गर्न सकिँदैन् ।

लेनोभो ट्याब थ्रीको मूल्य भारु १६,९९९ तोकिएको छ भने ट्याब २ को मूल्य ५, ४९९ तोकिएको छ ।

Sajilo Visa

प्रकाशित: २९ आश्विन २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार