के एल टावरको रमाईलो दशैं तिहार उपहार कार्यक्रम

Technology Khabar २८ आश्विन २०७२, बिहीबार

के एल टावरको रमाईलो दशैं तिहार उपहार कार्यक्रम

काठमाडौं ।

काठमाडौं, २८ असोज । के एल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर के एल टावर रमाईलो दशै तिहार उपहार कार्यक्रम संचालनमा ल्याएको छ । हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा सुजिकी जिक्सर, सुजिकी स्विच र चार रात पाँच दिनको बैकंक टुर जित्न सक्ने आयोजकले जनाएको छ ।

उपहार जित्नको लागि के एल टावरमा रहेका सम्पूर्ण पसलहरु ,केएल ग्राम जोन, सबै फुटकोर्टहरु  र एफक्युब सिनेमामा एक हजार रुपैयाँ सम्मको खरिदमा सहभागी हुने ग्राहकले उपहार कुपन प्राप्त गर्ने र उक्त उपहार कुपनको दैनिक तथा साप्ताहीक लक्की ड्र मार्फत उपहार वितरण गरिने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए ।

उपहार योजनामा सहभागीले दैनिक केनजिन्दा स्मार्टफोन र एक हजार रुपैयाँ बराबरको गिफ्ट भौचर जित्न सक्नेछन् । त्यस्तै साप्ताहिक रुपमा सामसुङको २३ ईन्चको एलईडी टिभी, सामासुङको रेफ्रिजेरेटर, वाशिङ मेसिन, टाईमेक्स घडि तथा रु पाँच हजार बराबरको गिफ्ट भौचर प्रदान गरिनेछ ।

असोज २२ गतेदेखि सुरु भएको हरेक दिन उपहार जित्न सकिने यो योजना मंसिर ५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

दैनिक उहपारको लक्की ड्र हरेक दिन ४ बजेपछि गरिनेछ । दैनिक र साप्ताहिक ड्रमा सहभागी कुपनलाई बम्पर उपहारमा सहभागी गराईने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २८ आश्विन २०७२, बिहीबार

ताजा समाचार