Technology Khabar २८ आश्विन २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २८ असोज । नेपाली जुत्ता घरले काठमाडौंको बालाजुमा रहेको बुद्धमलमा आफ्नो चौथो शाखा सञ्चालनमा ल्याएको छ ।
करिब तिन वर्ष अघि जमलमा अवस्थित राष्ट्रिय नाचघरमा स्थापित नेपाली जुत्ता घरले करिव २ वर्ष अघि पहिलो शाखाकोरुपमा महाराजगञ्ज, करिब डेढ वर्षअघि दोस्रो शाखाको रुपमा ललितपुरको कुमारीपाटीमा र तेस्रो शाखाको रुपमा ललितपुरको पुल्चोक स्थित नमस्ते सुपरमार्केटबाट विभिन्न ब्राण्डका स्वदेशी जुत्ता चप्पलहरु बिक्रि वितरण गर्दै आएको छ ।
यसका साथै कम्पनीले बडा दशै तथा तिहारलाई लक्षित गरि ‘स्क्रयाचमा मनि, बम्परमा बाईक धनि’ नामक उपहार योजना समेत ल्याएको छ । उपहार योजनाअन्तरगत प्रत्येक जोर जुत्ता तथा चप्पलको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन र स्क्रयाच कुपनमार्फत ५ देखि ५० प्रतिशत अथवा रु.७५ देखि रु.५००० सम्म नगद जित्न सक्नेछन । उपहार योजनाको अन्त्यमा हुने बम्पर उपहारमा योजना अवधिभरमा सहभागी भएका उपभोक्ताहरुबाट बम्पर लक्की ड्रमार्फत एक जनालाई मोटरसाइकल, १ जनालाई ल्यापटप, २ जनालाई ३२ ईञ्चको एलईडी टेलिभिजन, ५ जनालाई स्मार्टफोन र १० जनालाई राईस कुकर प्रदान गरिने कम्पनीले जनाएको छ ।
नेपाली जुत्ता घरमा शिखर, बि.एफ.डियर हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विङ्गस्, टाकुरा, सफटच, शूल्याण्ड र ईजि लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु पाईने कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित: २८ आश्विन २०७२, बिहीबार