जियोनिले भित्र्यायो इलाइफ इ८, २४ मेगापिक्सेलको रियर क्यामरा उपलब्ध

Technology Khabar २८ आश्विन २०७२, बिहीबार

जियोनिले भित्र्यायो इलाइफ इ८, २४ मेगापिक्सेलको रियर क्यामरा उपलब्ध

काठमाडौं ।

काठमाडौं, २८ असोज । जियोनिले नेपाली बजारमा आफ्नो सबैभन्दा उत्कृष्ट क्यामेरा फोन इलाइफ इ८ (Elife E8) ल्याएको छ । यो फोनमा ०.२ सेकेन्डको अत्यन्त छिटो फोकस भएको २४ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा क्यामेराको लागि भनेर डेडिकेटेड बटन राखिएको छ भने ३ एक्स (3X) सम्मको लसलेस जुम(Loss-less Zoom) क्षमता पनि यो फोनमा रहेको कम्पनीले जनाएको छ ।

एल्मुनियम बडीभएको यो फोनमा ६ इन्चको सुपर एमोलेड स्क्रीन रहेको छ । इ एटमा २ गिगाहर्ज ६४ बीटको अक्टा–कोर प्रोसेसर रहेको छ ।

मेमोरीको लागि इ एटमा ३ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ । दुई सिम प्रयोग गर्नसकिने फोनको दुबै सिमले फोरजी सपोर्ट गर्दछ । ३५०० एम ए एचको ब्याट्री सहित फोनमा फास्ट चार्जिङ्गको व्यवस्था पनि छ । एन्ड्रोइड ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित यो फोनमा फिंगर प्रिन्ट स्क्यानर पनि छ । तर कम्पनीले नेपालमा यो फोनको मूल्य कति पर्दछ भन्ने कुनै जानकारी दिएको छैन् ।

यसका साथै कम्पनीले ताम्राकार कम्प्लेक्समा नयाँ शोरुम पनि संचालन गरेको छ । मिस नेपाल २०१५ इभाना मानन्धरले ताम्राकार कम्प्लेक्स, न्यु रोडमा जियोनिको दोस्रो एक्सक्लुसिभ शोरुमको उद्घघाटन गरिन् । नयाँ शोरुममा जियोनिका सम्पूर्ण मोडेलहरु उपलब्ध हुनेछन् । पाको, न्यु रोडमा पहिलो शोरुम खोलेको दुई महिना नबित्दै कम्पनीले दोस्रो शोरुम संचालनमा ल्याएको हो ।

दशैं तिहारको उल्लासमय अवसरमा हाल बजारमा जियोनिको “गेट स्मार्ट“ क्यास ब्याक अफर पनि उपलब्ध छ, जस अन्तर्गत ग्राहकवर्गले इलाइफ एस सेवेन, म्याराथन एम ५ र म्याराथन एम ३ मा क्यास ब्याकको प्राप्त गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: २८ आश्विन २०७२, बिहीबार