जियोनीले भारतमा निर्माण गरेको पहिलो स्मार्टफोन ‘एफ १०३’

Technology Khabar २७ आश्विन २०७२, बुधबार

जियोनीले भारतमा निर्माण गरेको पहिलो स्मार्टफोन ‘एफ १०३’

काठमाडौं ।

काठमाडौं, २७ असोज । जियोनीले भारतमाबनेको आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतमा आफ्नो पहिलो स्मार्टफोन एफ १०३ (F103) उत्पादन गरेको हो ।

बजेट फोनको रुपमा आएको यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर मिडिया टेक एमटी ६७३५ चीपसेटसहितको प्रोसेसर राखिएको छ ।

यो फोनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन ७२०X१२८० रहेको छ । यसमा २ जीबीको र्याम छ भने १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडीद्धारा बढाउन सकिन्छ । जियोनीको एफ १०३ स्मार्टफोनमा २४०० एमएएचको ब्याट्री राखिएको छ ।MobilesKhabar_1

हुवावेको भारतमा निर्मित पहिलो स्मार्टफोनमा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

एन्ड्रोयडको ललीपपमा आधारित यो स्मार्टफोनमा कम्पनीको आफ्नै अमिगो ३.० इन्टरफेश रहेको छ । कनेक्टिभीटका लागि यसमा थ्रीजी, वाईफाई, जीपीएस, ब्लूटूथ तथा माइक्रो यूएसबी अप्शन रहेको छ ।

जियोनीका प्रेसिडेन्ट विलियम लूले भने, ‘हामी भारतमा उत्पादन हब स्थानियको लागि मात्र नभई छिमेकी मुलुकहरुका लागि पनि खपत हुने गरि काम गरिरहेका छौं । स्थानिय उत्पादनका साथै भारतमा केन्द्रित रहेका उत्पादनहरु ल्याउनेछौं ।’

कम्पनीले यो स्मार्टफोनको मूल्य भारु ९,९९९ अर्थात (करिब १५५ डलर) तोकिएको छ भने यो पर्ल ह्वाइट, डाउन ह्वाइट तथा ब्ल्याक कलर अप्शनमा उपलब्ध हुनेछ ।

Sajilo Visa

प्रकाशित: २७ आश्विन २०७२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार