Technology Khabar २७ आश्विन २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, २७ असोज । हुवावेले नयाँ फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ स्मार्टफोनको नाम इन्ज्वोय फाइभ (Enjoy 5) राखिएको छ ।
चीनमा सार्वजनिक गरिएको यो स्मार्टफोनको बिक्री अक्टोबर १६ तारिखदेखि मात्र हुनेछ भने अहिले प्री बुकिंग गर्न सकिनेछ । यो स्मार्टफोनको मूल्य चीनमा ९९९ यूआन तोकिएको छ भने चाइना टेलिकम क्यारियर बण्डलको साथमा खरिद गरेमा केबल ८९९ यूआनमा नै खरिद गर्न सकिनेछ ।
अहिले चीनमा मात्र सार्वजनिक गरिएको यो स्मार्टफोन विश्व बजारमा पनि आउने संभावना रहेको छ । अन्य मुलुकहरुमा भने यो स्मार्टफोनको नाम अनर प्ले फाइभ एक्स (Honor Play 5X) हुनसक्ने बताईएको छ ।
हुवावेको नयाँ स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ । एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा संचालन हुने यो स्मार्टफोनमा कम्पनीको आफ्नै इमोशन यूआई ३.१ पनि रहेको छ ।
यसमा १.३ गीगाहर्जको क्वाड कोर मिडियाटेक एमटी ६७३५ प्रोसेसर राखिएको छ भने यसमा माली टी ७२० जीपीयू रहेको छ । २ जीबीको र्याम भएको यो स्मार्टफोनमा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ भने एसडी कार्डको मद्धतबाट १२८ जीबीसम्म पुर्याउन सकिनेछ ।
हुवावेको नयाँ फोनमा ४००० एमएएचको ब्याट्री राखिएको छ जसले कम्पनीका अनुसार २० घण्टासम्मको टक टाइम तथा २४ दिनको स्ट्याण्डबाई ब्याकअप दिन्छ ।
इन्ज्वोय ५ स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ, जुन सीएमओएस सेन्सर तथा एलईडी फ्ल्याशसहित रहेकोछ । त्यसैगरी यसमा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । स्मार्टफोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीईका साथमा थ्रीजी, वाईफाई ब्लूटूथ, यूएसबी ओटिजी तथा माइक्रो यूएसबी अप्शन उपलब्ध रहेको छ । एजेन्सीको सहयोगमा
प्रकाशित: २७ आश्विन २०७२, बुधबार