ललितपुर मोबाइल कम्प्लेक्सको दशैं तिहारभर उपहार योजना

Technology Khabar २६ आश्विन २०७२, मंगलवार

ललितपुर मोबाइल कम्प्लेक्सको दशैं तिहारभर उपहार योजना

काठमाडौं ।

काठमाडौं, २६ असोज । ललितपुरको लगनखेलस्थित संचयकोष भवनमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर दशैं तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार योजना ल्याएको छ ।

कम्प्लेक्सले दशैं तथा तिहारको बहार योजनामा आफ्ना मोबाइल खरिदकर्ताहरुका लागि हात खाली नहुने उपहारहरु प्रदान गर्ने जनाएको छ । कम्प्लेक्सले यस योजनाअनुसार कुनै पनि स्मार्टफोन खरिदमा ग्राहकहरुले विभिन्न उपहारहरु प्राप्त गर्ने जनाएको छ ।

योजनामा हरेक स्मार्टफोनको खरिदमा हात खालि नजाने उपहार अन्तरगत मोबाइल कभर, स्क्रीन गार्ड, पावरब्यांक, ८ जीबीको मेमोरी कार्ड, ब्लूटूथ स्पीकर तथा टिसर्टमध्ये कुनै एउटा उपहार प्राप्त गर्नेछन् । यस योजनामा ग्राहकहरुले कुनैपनि ब्राण्डको स्मार्टफोन खरिद गरेर सहभागि हुनसक्ने कम्प्लेक्सले जानकारी दिएको छ ।

त्यसैगरी कम्प्लेक्सले सामसुंग, हुवावेलगायत अन्य मोबाइल ब्राण्डले संचालन गरेको योजनालाई पनि कायमै राखेको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले विभिन्न ब्राण्डका मोबाइलहरुको ग्राहक योजनाका साथै दशैं तिहारको अवसर पारेर थप उपहार योजना संचालन गरेको जानकारी दिए । ग्राहकहरुले रुचीअनुसार उत्सवको अवसरमा मोबाइल खरिद गर्दा विभिन्न हात खाली नहुने उपहार छान्न सकिने उनले बताए ।

कम्प्लेक्सले उपहार योजनाका साथै नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुममा हरेक मोबाइलको खरिद, एसेसरिजको खरिद तथा रिपेयर सर्भिसमा अधिकतम ७० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

कम्प्लेक्समा सामसुंग स्मार्टफोन खरिद गर्दा कम्पनीको तर्फबाट बम्पर पुरस्कारमा कार प्राप्त गर्ने तथा हुवावेको स्मार्टफोन खरिद गर्दा बम्पर पुरस्कारमा रोयल ईन्फिल्ड मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । हुवावेको जी प्ले मिनी स्मार्टफोन खरिदमा भने रु ४००० बराबरको पावरब्यांक तत्काल निशुल्क प्राप्त गर्न सकिने बताईएको छ ।

यसअघि ललितपुर मोबाइल कम्प्लेक्सबाट नै मोबाइल खरिद गरेका काठमाडौं निवासी उत्तम गैंडेले सामसुंग मोबाइलको उपहार योजनाअन्तरगत बजाज पल्सर मोटरसाइकल उपहार प्राप्त गरिसकेको कम्प्लेक्सको दाबी छ ।

easy care

प्रकाशित: २६ आश्विन २०७२, मंगलवार

ताजा समाचार