सिजी मोबाइलको घोषणा, एकै पटक स्मार्टफोन तथा फीचर फोनहरु आए

Technology Khabar २२ आश्विन २०७२, शुक्रबार

सिजी मोबाइलको घोषणा, एकै पटक स्मार्टफोन तथा फीचर फोनहरु आए

काठमाडौं ।

काठमाडौं, २२ असोज । चौधरी ग्रुपले सिजी ब्राण्डका स्मार्टफोनहरुको बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नै ब्राण्डमा विभिन्न मोडलका स्मार्टफोनका साथै फीचरफोनहरुको श्रृंखला ल्याएको घोषणा गरेको छ । कम्पनीले बिहिवार काठमाडौंमा एक कार्यक्रम गरि सिजी स्मार्टफोनको औपचारिक शुरुवात गरेको हो । MobilesKhabar_2

यसअघि सन् २०१० मा सिजी सिडिएमए मोबाइल सेट बिक्री गरेको ग्रुपले सिजी मोबाइल्स प्रालि कम्पनीअन्तरगत फेरी मोबाइल ब्राण्डको शुरुवात गरेको हो । विगत १६ वर्षदेखि विदेशी ब्राण्डका मोबाइल सेटहरु बिक्री गर्दै आएको कम्पनीले पहिलो पटक आफ्नै ब्राण्डको स्मार्टफोनसहितका विभिन्न मोडलहरु सार्वजनिक गरेको हो । सिजीका मोबाइलहरु बजारमा यसअघिदेखि नै बिक्रीका लागि उपलब्ध भएपनि औपचारिक शुरुवात भने भर्खर मात्र गरेको हो । केहि समय अघि कम्पनी स्रोतले मोबाइल्स खबर डटकमलाई असोजको पहिलो सातामा नै मोबाइलको घोषणा गरिने जानकारी दिएको थियो । तर मुलुकको बदलिँदो राजनीतिक परिस्थितीका कारण केहि ढिला गरि सार्वजनिक गरिएको बताईएको छ ।CG Phone

कम्पनीले हाल ईवान सिरिज तथा अस्ट्रो सिरिजमा मोबाइल सेटहरु ल्याएको छ । ईवान सिरिजमा स्मार्टफोनहरु तथा अस्ट्रो सिरिजमा ६ वटा फीचर मोडल ल्याएको हो । यसका साथै कम्पनीले टचस्क्रीन पनि भनिने पिडिए सेट पनि बजारमा सार्वजनिक गरेको छ ।

सिजी मोबाइल सार्वजनिक गर्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्ताहरुलाई केहि नयाँपन दिनका लागि आधुनिक प्रविधिसहितको मोबाइल सेटहरु ल्याएको बताए । उनले आगामी एक वर्षभिन स्थानिय बजारमा तेस्रो नम्बरको ब्राण्ड बन्ने विश्वास व्यक्त गरे ।MobilesKhabar_3

कम्पनीले हाल विभिन्न सिरिजका ७ वटा मोडलका हेडसेट ल्याएको छ जसमध्ये २ वटा स्मार्टफोन र ५ वटा फीचर फोनहरु रहेका छन् भने निकट भविश्यमा थप पाँचवटा स्मार्टफोन र २ वटा फीचर फोनको मोडल ल्याउने जानकारी दिएको छ ।

कार्यक्रममा कम्पनीका स्ट्राटेजिक बिजनेस चीफ रमेश श्रेष्ठले निकै मिहिनेतपछि सिजी मोबाइल आएको भन्दै आफ्नो एउटा सपना पुरा भएको बताए । उनले एक वर्षभित्र करिब ४ लाख हेडसेट बिक्री गर्ने लक्ष्य राखेको जानकारी दिए ।

सिजी मोबाइलहरु न्यूनतम १२ सय रुपैंयादेखि अधिकतम २३ हजार ४ सय ९९ रुपैंयासम्मका रहेका छन् । कम्पनीले अहिले सबैभन्दा माथिल्लो तहको स्मार्टफोन ईओन ईलाइटलाई बजारमा प्रमुखताका साथ ल्याएको छ भने बजार प्रबद्र्धनमा पनि विशेष ध्यान दिएको छ । यो स्मार्टफोन निकै पातलो र आकर्षक रहेको छ भने उपभोक्ताहरुले मन पराउने अपेक्षा कम्पनीले लिएको छ ।

कम्पनीले हाल बजेट र मध्यम तहको मूल्यसहितका स्मार्टफोनहरु बजारमा ल्याएको हो । साधारणलाई बाई बाई नारासहित सिजी मोबाइल्सका हेडसेटहरु भित्र्याएको हो । सिजिका सबै हेडसेटहरु छिमेकी मुलुक चीनमा निर्माण हुनेछ । कम्पनीले यसको लागी चीनमा नै कार्यालय पनि संचालनमा ल्याएको स्ट्राटेजिक बिजनेस चीफ श्रेष्ठले जानकारी दिए ।

यसैगरी कम्पनीले नेपालपछि भारत र अफ्रिकी मुलुकहरुमा सिजी मोबाइल बिक्री गर्ने जानकारी दिएको छ ।

चौधरी ग्रुपले हाल एलजी, इन्टेक्सलगायतका विदेशी ब्राण्डका स्मार्टफोनहरु पनि बिक्री गरिरहेको छ । अब सिजीसहित नेपालमा तीनवटा मोबाइल फोनका ब्राण्ड भएकाछन् । यस अघिदेखि नै नेपाली ब्राण्डमा कलर्स र अार्क बजारमा रहेका छन् ।

यो पनि हेर्नुहोस्-

सिजी स्मार्टफोनको औपचारिक घोषणा हुँदै, नेपालमै फोन उत्पादन गर्ने लक्ष्य

Sajilo Visa

प्रकाशित: २२ आश्विन २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार