वैदेशिक रोजगार सुचना तथा परामर्श केन्द्र स्थापना

Technology Khabar २२ आश्विन २०७२, शुक्रबार

वैदेशिक रोजगार सुचना तथा परामर्श केन्द्र स्थापना

काठमाडौं ।

काठमाडौं, २२ असोज । वैदेशिक रोजगारसम्बन्धी जानकारी दिने उदेश्यले उदेश्यले काठमाडौँको ताहाचालस्थित श्रमग्राममा ‘वैदेशिक रोजगार सुचना तथा परामर्श केन्द्र’मा  स्थापना गरेको  छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र गैरआवासीय नेपाली संघ (एनआरए) सहकार्यमा स्थापना भएको हो ।

उक्त केन्द्रको उदघाटन गर्दै श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारको सुचनाको अभावमा नेपाली कामदार स्वदेश तथा विदेशमा दुःख र कष्ट भोगिरहेकोले केन्द्रको परामर्शबाट कम हुने बताए । “केन्द्रबाट वैदेशिक रोजगारीसम्बन्धी आधारभुत ज्ञान पाउने छन्” मन्त्रीले गुरुङले भने, “ कानुनी  समस्याको  बारेमा परामर्श दिइनेछ ।” वैदेशिक रोजगारीबाट फर्केका कामदारले पुनर्स्थापना पुर्नएकीकरण गर्न पनि केन्द्रबाट सहयोग पूग्ने विश्वास मन्त्री गुरुङले व्यक्त गरे ।

श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सुर्य श्रेष्ठले केन्द्रबाट स्वदेश तथा विदेशमा अपनाउनुपर्ने प्रकृया र मानवेचविखनसम्बन्धी जानकारी दिने बताए ।

गैरआवसीय नेपाल संघका अध्यक्ष शेष घलेले मन्त्रालयले अगाडि सारेको अप्रावसी कामदारलाई सुचना तथा परामर्श दिने भिजनलाई सहयोग गरेको बताए । “अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) र युरोपियन युनियन (ईयु)को स्रोत छ” उनले भने, “हाम्रो धेरै क्षेत्रमा सञ्जाल छ ।” कुल ग्राहस्थ उत्पादनमा ३० प्रतिशत रेमिटेन्सको योगदान रहेको भन्दै कामदारको समस्या समाधानका लागि पहल गरिने घलेले बताए ।

अन्र्तराष्ट्रिय श्रम संगठनका निर्देशक जोसे एसालियोले अप्रवासी कामदारलाई सुरक्षित बनाउनका लागि केन्द्र स्थापना सहकार्य गरेको बताए । “वैदेशिक रोजगार एउटा पिलर हो, यसले सामाजिक आर्थिक प्रभाव परेको छ” उनले भने, “केन्द्रले कामदारालई आवश्यक सुचना प्रदान गर्न सक्नेछ ।” कामदारलाई सुरक्षित बनाउन छलफल निरन्तर राख्ने भएको छ ।

वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नेपाली कामदारहरु श्रम गन्तव्यमासम्झौता भन्दा न्युन पारिश्रमिक पाउने, कानुनी उपचार नपाउनेलगायत समस्या भएकाले केन्द्र स्थापना गरिएको बताए ।

कार्यक्रममा एनआरएनका सदस्य, अप्रवासनसम्बन्धी काम गर्ने व्यक्ति, व्यवसायी र विभागका महानिर्देशकलगायत सहभागी रहेका थिए ।

Sajilo Visa

प्रकाशित: २२ आश्विन २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार