सामसुंगको शक्तिशाली तथा वाटर प्रुफ स्मार्टफोन ‘एक्टिभ नियो’

Technology Khabar १८ आश्विन २०७२, सोमबार

सामसुंगको शक्तिशाली तथा वाटर प्रुफ स्मार्टफोन ‘एक्टिभ नियो’
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १८ असोज । सामसुंगले जापानमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी सिरिजको नयाँ बजेट फोन एक्टिभ नियो सार्वजनिक गरेको हो । कम्पनीकाअनुसार यो हेडसेट निकै दह्रो छ र यसलाई प्रयोगकर्ताहरुले जस्तो किसिमले पनि प्रयोग गर्न सक्दछन् ।

यो स्मार्टफोनमा ४.५ इन्चको डब्लूभिजीएस स्क्रीन राखिएको छ जसको पिक्चर रिजोल्यूशन ४८०X८०० पिक्सेल रहेको छ । यसको स्क्रीनको सुरक्षाका लागि हेडसेटमा एडभान्स गोरिल्ला ग्लास राखिएको छ ।

सामसुंगको ग्यालेक्सी एक्टिभ नियोमा ६४ बिटको १.२गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रयागन ४१० प्रोसेसर राखिएको छ भने यसको साथमा एड्रेनो ३०६ जीपीयू रहेको छ । यो फोनमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई माइक्रो एसडीको सहयोगबाट १२८ जीबीसम्म बढाउन सकिन्छ । त्यसैगरी कम्पनीले प्रयोगकर्तालाई २ वर्षसम्मका लागि १०० जीबीको क्लाउड स्टोरेज पनि निशुल्क दिनेछ ।samsung_galaxy_active_neo

यो फोनमा एलईडी फ्ल्याशका साथमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । वाटर एण्ड डस्ट प्रुफ भएको यो स्मार्टफोन आईपी६८ सर्टिफाइड रहेको छ ।

फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा कनेक्टिभिटीका लागि वाईफाई ब्लूटूथ ४.१, नियर फील्ड कम्प्यूनिकेशन, माइक्रो यूएसबीलगायतका अप्शनहरु रहेका छन् ।

यो फोनमा २२०० एमएएचको ब्याट्री राखिएको छ भने यसको तौल १५४ ग्राम तथा १०.१ मिलिमिटरको मोटाइ रहेको छ ।

केमो ह्वाइट तथा सोलिड ब्ल्याक कलर भेरियन्टमा उपलब्ध भएको यो स्मार्टफोन जापान बाहिर भने कहिले आउँछ कुनै जानकारी छैन् । सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एक्टिभ नियोको मूल्य जापानमा २० हजार येन तोकिएको छ ।

Sajilo Visa

प्रकाशित: १८ आश्विन २०७२, सोमबार

तपाइको प्रतिक्रिया