सिटिभी मोबाइलको “स्क्रयाच एण्ड वीन अफर”

Technology Khabar १८ आश्विन २०७२, सोमबार

सिटिभी मोबाइलको “स्क्रयाच एण्ड वीन अफर”

काठमाडौं ।

काठमाडौं, १८ असोज । मोबाइल शोरुम सिटिभी मोबाईलले दशैं तिहारमा “स्क्रयाच एण्ड वीन अफर” सहित हात खाली नजाने उपहार योजना ल्याएको छ ।

असोज १६ गतेबाट कात्तिक २८ गते सम्मकालागि ल्याएको “स्क्रयाच एण्ड वीन अफर” योजना अन्तर्गत आइफोन ६, सामसुङ नोट ५, बिभिन्न कम्पनीका स्मार्टफोन, म्याकबुक, आइप्याड मिनी, क्यामेरा, गोल्ड  क्वाइन, सिल्भर क्वाइन र मोबाइल एशोसरिज उपहारमा राखिएको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । हरेक मोबाइलको खरिदमा ५ सय देखि १० हजार सम्म स्क्रयाच कार्डमार्फत क्यास छुटको ब्यवस्था गरिएको छ । जुनसुकै मोबाइलको खरिदमा हातखाली नजाने उपहार राखिएको छ ।

यो योजना अन्तर्गत उपभोक्ताहरुले ताम्राकार कम्प्लेक्सको पसल नं १२, १३ र ३३ तथा चाबहिलस्थित के.एल.टावरको पसल नं एफ २८ मा रहेको सिटिभी मोबाइलको आउटलेटबाट मोबाइल खरिद गर्नुपर्नेछ ।

ग्राहकहरुले प्रत्यक्ष प्राप्तगर्ने छुट तथा हातखाली नजाने उपहारमा बिश्वास गर्ने भएकोले यसपटक सिटिभिले यस्तो योजना ल्याएको सिटिभीका निर्देशक संगम राइले बताए । सिटिभीले पुरानो मोबाइलसँग नयाँ मोबाइल एक्सचेन्ज गर्ने अफरलाई भने कायमै राखेको छ ।

easy care

प्रकाशित: १८ आश्विन २०७२, सोमबार