माइक्रोसफ्ट लूमिया ९५० र ९५० एक्सएलमा तीनवटा एलईडी फ्ल्याश लाइट

Technology Khabar १७ आश्विन २०७२, आईतवार

माइक्रोसफ्ट लूमिया ९५० र ९५० एक्सएलमा तीनवटा एलईडी फ्ल्याश लाइट

काठमाडौं ।

काठमाडौं, १७ असोज । माइक्रोसफ्ट लूमियाको नयाँ स्मार्टफोनहरुको तस्विर अनलाइनमा लीक भएको छ । माइक्रोसफ्टको लूमिया ९५० र ९५० एक्सएल (Lumia 950, 950 XL) को प्रोटोटाइप तस्विर सार्वजनिक भएको छ ।MobilesKhabar_1

कम्पनीको सार्वजनिक भएको लूमिया ९५० स्मार्टफोनमा २० मेगापिक्सेलको प्यूरभ्यू क्यामरा राखिएको छ भने यसमा तीनवटा एलईडी फ्ल्याश राखिएको छ । यसअघि सार्वजनिक भएको लूमिया ९५० एक्सएलको रियर क्यामरासँग मात्र तीनवटा एलईडी फ्ल्याश रहेको देखिएको थियो ।MobilesKhabar_2

‘लीक’ भएका तस्विरहरुको अनुसार यसमा आइरिस स्क्यानरका लागि राखिएको लो इन्फ्रारेड डायोड (Low-Infrared diode) स्पष्टसँग देख्न सकिन्छ । यो उपकरणको मद्धतबाट प्रयोगकर्ताले स्मार्टफोनमा भएको आइरिस स्क्यानरमा हेरेको भरमा नै फोन अनलक गर्न सकिन्छ । यसका साथै माइक्रोसफ्टको उच्च स्तरको दुबै स्मार्टफोनहरु दुई सिम प्रयोग गर्न सकिने किसिमका रहेका छन् ।

माइक्रोसफ्टले लूमिया ९५० तथा ९५० एक्सएल दुबै फोनहरु आगामी अक्टोबर ६ तारिखमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: १७ आश्विन २०७२, आईतवार

ताजा समाचार