सामसङको ‘स्मार्ट महा उत्सव’ योजना सुरु

Technology Khabar १७ आश्विन २०७२, आईतवार

सामसङको ‘स्मार्ट महा उत्सव’ योजना सुरु

काठमाडौं ।

काठमाडौं, १७ असोज । सामसङ ईलेक्ट्रोनिक्स नेपालको आधिकारिक विक्रेता “हिम ईलेक्ट्रोनिक्स” र “त्रिवेणी व्यापार” ले संयुक्त रुपमा हर्ष र उमङ्गको पर्व दशैं र तिहारको उपलक्ष्यमा यहि आश्विन १४ देखी कार्तिक २९ सम्म “स्मार्ट महा उत्सब ” नामक योजना बजारमा ल्याएको छ ।

यो योजना मार्फत ग्राहकहरुले सामसङ ईलेक्ट्रोनिक्सको सामसङ टिभी, फ्रिज र वासिङ्ग मेसिनको खरिदमा आकर्षक पुरस्कार पाउन सक्नेछन् । सामसङ टिभीको कुनै पनि मोडल खरिदमा स्टेट अफ द आर्ट सामसङ डिजिटल क्यामेरा, सामसङका लेटेस्ट मोवाईल फोन र टाईमेक्स घडिहरु पाउन सक्ने तथा सामसङ रेफ्रिजेनेटरको खरिदमा ग्राहकहरुले टाईमेक्स घडिहरु र बजाज मिक्सर पाउने छन् । सामसङ वासिङ्ग मेसिनको खरिदमा बजाज आइरन प्राप्त गर्न सकिन्छ ।

“स्मार्ट महा उत्सब” मा कुनै पनि ग्राहकले हात खालि नजाने उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १७ आश्विन २०७२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार