सामसुंगको १८.५ इन्चको ट्याबलेट आउनसक्ने, व्यवसायिक तथा शैक्षिक क्षेत्र लक्षित

Technology Khabar १५ आश्विन २०७२, शुक्रबार

सामसुंगको १८.५ इन्चको ट्याबलेट आउनसक्ने, व्यवसायिक तथा शैक्षिक क्षेत्र लक्षित

काठमाडौं ।

काठमाडौं, १५ असोज । सामसुंगको आउन लागेको सबैभन्दा ठूलो मोबाइल डिभाइस ग्यालेक्सी भ्यू (Galaxy View) ट्याबलेट जीएफएक्स बेन्चमा देखिएको छ । गत महिना आईएफए इभेन्टमा सामसुंगले यो ट्याबलेट प्रदर्शनमा राखेको थियो ।

यो सामसुंगले मोबाइल डिभाइसअन्रतगत ल्याउन लागेको सबैभन्दा ठूलो डिभाइस हो, जुन करिब १८.५ इन्च स्क्रीनसहितको हुनेछ ।

सामसुंगको मोडल नम्बर एसएम-टी६७० (SM-T670) भएको ट्याबलेट जीएफएक्सबेन्च (GFXBench) मा देखिएको छ । जसमा यसको बारेमा विभिन्न जानकारीहरु राखिएको छ । यसको अर्थ यो ल्यापटप चाँडै बजारमा सार्वजनिक हुनसक्दछ ।Samsung Galaxy View

यो ट्याबलेटमा १०८० पिक्सेलको टचस्क्रिन हुनेछ भने २ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने रियर क्यामरा छैन् । सामसुंगको नयाँ ट्याबमा २ जीबीको र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज हुनेछ ।

सामसुंगको १८.५ इन्चको ट्याबलेटमा ब्लूटूथ, वाईफाई, जीपीइसलगायतका सुविधा पनि हुनेछ । यो ट्याब सामसुंगको साइनोज ७५८० अक्टा चीपसेटबाट संचालन हुनेछ जसमा १.६ गीगाहर्जको कोर्टेक्स ए५७ फोर कोर तथा कोर्टेक्स ए ५३ फोर कोर रहनेछ । यसमा माली टी ७२० जीपीयू राखिएको छ ।

यो ट्याबलेटको प्रोटोटाइप बेन्चमार्कमा लिस्टेड भएअनुसार एन्ड्रोयडको ललीपप ५.१.१ भर्सनमा आधारित हुनेछ ।

यो ट्याबलेट विशेषगरी व्यवसाय तथा शैक्षिक बजारलाई लक्षित गरिएको तथा अन्य उपभोक्ताहरुलाई पनि लक्ष्य गरिएको हुनसक्ने बताईएको छ । एजेन्सीको सहयोगमा

Global Bank
easy care

प्रकाशित: १५ आश्विन २०७२, शुक्रबार

ताजा समाचार