माइक्रोम्याक्सको निकै सस्तो ‘बोल्ट क्यू ३३९’ स्मार्टफोन

Technology Khabar १५ आश्विन २०७२, शुक्रबार

माइक्रोम्याक्सको निकै सस्तो ‘बोल्ट क्यू ३३९’ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १५ असोज । भारतीय स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले बोल्ट सिरिजको नयाँ स्मार्टफोन बोल्ट क्यू ३३९ (Bolt Q339) सार्वजनिक गरेको छ । कम्पनीले बोल्ट सिरिजको निकै सस्तो स्मार्टफोन सार्वजनिक गरेको हो जुन इकमर्श साइट फ्लिपकार्टबाट मात्र खरिद गर्न सकिन्छ ।

बोल्ट क्यू ३३९ मा ४.५ इन्चको एफडब्लूभिजीए डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ४८०X८५४ पिक्सेल रहेको छ । यसमा क्वाड कोर स्प्रेडड्रमको प्रोसेसर राखिएको छ भने ५१२ एमबीको र्याम रहेको छ । माइक्रोम्याक्सको नयाँ स्मार्टफोनमा ४ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडीको सहयोगबाट ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।micromax-bolt_1

दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४.२ भर्सनमा आधारित रहेको छ ।

यो फोनमा एलईडी फ्ल्याशका साथमा ५ मेगापिक्सेलको फिक्स्ड फोकस रियर क्यामरा राखिएको छ भने २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यसमा कनेक्टिभीटिका लागि थ्रीजी, जीपीआरएस, वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबीलगायतका अप्शन रहेको छ ।

बोल्ट क्यू ३३९ स्मार्टफोनमा १६०० एमएएचको ब्याट्री रहेको छ, जसले थ्रीजीमा ५.५ घण्टाको टक टाइम तथा २८० घण्टाको स्ट्याण्डबाई टाइम दिने कम्पनीको भनाई छ ।

माइक्रोम्याक्सले भारतीय बजारमा मात्र सार्वजनिक गरेको यो स्मार्टफोनको मूल्य भारु ३,४९९ तोकिएको छ । यो स्मार्टफोनको खरिदमा कम्पनीले भारतीय यूजर्सलाई विभिन्न डाटा स्कीम पनि दिएको छ ।

easy care

प्रकाशित: १५ आश्विन २०७२, शुक्रबार