Technology Khabar १४ आश्विन २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १४ असोज । चौधरी ग्रुपले अन्तरगरको सिजी इलेक्ट्रोनिक्सले एलजी ब्रान्डको इलेक्ट्रोनिक्ससहित घरायसी सामग्री खरिद गर्ने उपभोक्तालाई लक्षित गरेर ‘लेट्स ब्रिङ ब्याक आवर स्माइल टुगेदर’ नामक नयाँ योजना ल्याएको छ । योजनाअनुसार एलजीका हरेक सामग्री खरिदमा उपभोक्ताले निःशुल्क उपहार प्राप्त गर्नेछन् ।
उक्त योजनाअन्तर्गत ४९ इन्च र त्यसभन्दा माथिका अल्ट्रा एचडी टिभीको खरिदमा उपभोक्ताले लजी पकेट फोटो प्रिन्टर, ४० इन्चको अल्ट्रा एचडी टिभी–४२ इन्चभन्दा माथिका थ्रिडी स्मार्ट टिभीको खरिदमा एलजी होम थिएटर, ४० इन्चभन्दा माथिका थ्रिडी स्मार्ट टिभीको खरिदमा लोगिटेक वायरलेस किबोर्ड, ३९–४९ इन्चका एलईडी टिभीको खरिदमा एलजी डिभिडी प्लेयर उपहार पाउने कम्पनीले उल्लेख गरेको छ ।
त्यसैगरी ३२ इन्चको एलइडीर३२ इन्चको स्मार्ट टिभीको खरिदमा मोबाइल फोन, २४–२८ इन्चको एलइडी टिभीको खरिदमा एलजी १६ जिबीको पेनड्राइभ, अडियो सिस्टमको खरिदमा एलजी १६ जिबीको पेन ड्राइभ, साइड बाई साइड रेफ्रिजेरेटरको खरिदमा एलजीको भ्याकुम क्लिनर, डबल डोर रेफ्रिजेरेटरको खरिदमा सिजी राइस कुकर, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा सिजी इलेक्ट्रिक फ्यान हिटर, टप लोड वासिङ मेसिनको खरिदमा सिजी आइरन, माइक्रोवेब ओभनको खरिदमा कुकिङ किट, एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान उपहार तत्काल प्रदान गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित: १४ आश्विन २०७२, बिहीबार