लेनोभोका स्मार्टफोन नेपाली बजारमा भित्रिए, ४ वटा मोडल सार्वजनिक

Technology Khabar १४ आश्विन २०७२, बिहीबार

लेनोभोका स्मार्टफोन नेपाली बजारमा भित्रिए, ४ वटा मोडल सार्वजनिक
कार्यक्रममा लेनोभो स्मार्टफोन सार्वजनिक गरिँदै

काठमाडौं ।

काठमाडौं, १४ असोज । लेनोभो स्मार्टफोनको नेपालका लागि आधिकारीक बिक्रेता लाइफ कमले स्थानिय बजारमा लेनोभो ब्राण्डका स्मार्टफोनहरु भित्र्याएको छ । कम्पनीले मंगलवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि नेपाली बजारमा लेनोभो स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले नेपाली बजारमा लेनोभो ब्राण्डका स्मार्टफोन ल्याएको घोषणासँगै विभिन्न ४ वटा स्मार्टफोनहरु पनि भित्र्याएको छ । कम्पनीले पहिलो चरणमा ए३१९, ए३२८, ए५३६ र ए५००० स्मार्टफोनहरुका मोडल सार्वजनिक गरेको छ । यी मोडलहरु लेनोभोका इन्ट्रि तथा मिडरेन्जका स्मार्टफोनहरु हुन् ।

लाइफ कमका प्रबन्ध निर्देशक अमित अग्रवालले नेपाली बजारमा अहिले इन्ट्रि लेभलका स्मार्टफोनहरु मात्र आएपनि आगामी दिनमा उच्च मध्यमश्रेणी मूल्य भएका स्मार्टफोनहरु पनि भित्र्याउने बताए । उनले भने, हाम्रो लक्ष्य भनेको बजेट र उच्च मध्यम श्रेणीका स्मार्टफोनहरु भित्र्याउनु हो । उनले भने, उच्च तहका र लग्जरीयस स्मार्टफोन ल्याउने अहिले हाम्रो कुनै योजना छैन् ।

कार्यक्रममा लेनोभो स्मार्टफोन इण्डियाका नेशनल डिष्ट्रिव्युसन म्यानेजर रोहित खट्टरे
कार्यक्रममा लेनोभो स्मार्टफोन इण्डियाका नेशनल डिष्ट्रिव्युसन म्यानेजर रोहित खट्टरे

त्यसैगरी कार्यक्रममा लेनोभो स्मार्टफोन इण्डियाका नेशनल डिष्ट्रिव्युसन म्यानेजर रोहित खट्टरेले नेपालमा स्मार्टफोनको बजार बढिरहेको हुँदा नेपालमा उपभोक्ताहरुले मन पराउने किसिमका लेनोभोका स्मार्टफोन ल्याएको बताए । उनले भारतीय बजारमा पाँचौं नम्बरमा कम्पनीका स्मार्टफोनको हिस्सा रहेको भन्दै नेपालमा पनि आगामी दिनमा बजारमा राम्रो स्थान ओगट्ने अपेक्षा राखे ।

कम्पनीले लेनोभोको ब्राण्ड बिस्तारसँगै सर्भिस सेन्टरको विस्तार पनि गर्ने जानकारी दिएको छ । हाल कम्पनीले न्यूरोडमा रहेको एक मात्र सर्भिस सेन्टरबाट बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी कम्पनीले आगामी १ वर्षभित्र करिब १० प्रतिशत नेपाली बजार हिस्सा ओगट्ने योजना राखेको छ ।

यस्ता छन सार्वजनिक गरिएका लेनोभोका स्मार्टफोनहरु

ए५००० स्मार्टफोन

यसमा १.३ गीगाहर्जको क्वाड कोर मिडिया टेकको एमटि ६५८२ प्रोसेसर राखिएको छ । ५ इन्चको एचडी डिस्प्ले भएको यो स्मार्टफोनको रिजोल्यूशन १२८०ह्७२० पिक्सेल रहेको छ । यो स्मार्टफोनमा १ जीबीको र्याम तथा ८ जीबीको रोम राखिएको छ, जसलाई बढाउन सकिन्छ । यसमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । दुई सिम सपोर्ट गर्ने यो फोनमा ४,००० एमएएचको ब्याट्री राखिएको छ । कालो र सेतो कलरमा उपलब्ध भएको यो स्मार्टफोनको मूल्य १६ हजार ५ सय रुपैंया तोकिएको छ ।

ए ५३६ स्मार्टफोन

यसमा १.३ गीगाहर्जको क्वाड कोर एमटि ६५८२एम प्रोसेसर राखिएको छ । ५ इन्चको एफडब्लू भिजिए डिस्प्ले रहेको छ भने यसमा १ जीबीको र्याम तथा ८ जीबीको रोम रहेको छ । यो स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा २,००० एमएएचको ब्याट्री रहेको छ । थ्रीजी सपोर्ट गर्ने यो हेडसेटको मूल्य १३,५०० तोकिएको छ ।

ए३२८ स्मार्टफोन

यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर एमटि ६५८२एम प्रोसेसर राखिएको छ । ४.५ इन्चको एफडब्लू भिजिए डिस्प्ले रहेको छ भने यसमा १ जीबीको र्याम तथा ४ जीबीको रोम रहेको छ । यो स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा २,००० एमएएचको ब्याट्री रहेको छ । थ्रीजी सपोर्ट गर्ने यो हेडसेटको मूल्य १०,५०० तोकिएको छ ।

ए३१९ स्मार्टफोन (रकस्टार)

यो फोनमा १.३ गीगाहर्जको ड्यूल कोर एमटि ६५७२एम प्रोसेसर राखिएको छ । ४.५ इन्चको एफडब्लू भिजिए डिस्प्ले रहेको छ भने यसमा ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम रहेको छ । यो स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा १,५०० एमएएचको ब्याट्री रहेको छ । इन्ट्रि लेभलको स्मार्टफोनको रुपमा रहेको यो हेडसेटको मूल्य ८,५०० तोकिएको छ ।

easy care

प्रकाशित: १४ आश्विन २०७२, बिहीबार

ताजा समाचार