जियोनी म्याराथन एम ५ स्मार्टफोन बजारमा, ६ हजार एमएएच ब्याट्री क्षमता

Technology Khabar १२ आश्विन २०७२, मंगलवार

जियोनी म्याराथन एम ५ स्मार्टफोन बजारमा, ६ हजार एमएएच ब्याट्री क्षमता
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १२ असोज । स्मार्टफोन निर्माता कम्पनी जियोनीले आईतबारदेखि नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन जियोनी म्याराथन एम ५ (Marathon M5) ल्याएको छ । जियोनीको एमसिरिज विशेषत ब्याट्रीमा केन्द्रित रहेको छ । म्याराथन एम ५ यहि सिरिजको सबै भन्दा नयाँ मोडेल हो । यो जियोनीको एक मात्र डुअल ब्याट्री मोडेल हो । यो फोनमा दुई ओटा ब्याट्री रहेको छ जसको कुल क्षमता ६,०२० एमएएच छ ।

जियोनीको विश्वास रहेको छ कि म्याराथन एम ५ ले घरि-घरि स्मार्ट फोन चार्ज गरी राख्न पर्ने प्रयोगकर्ताहरुको समस्यालाई निर्मूल पार्ने कम्पनीले बताएको छ । एम ५ ले १ हजार १ सय ८५ घण्टा सम्मको स्ट्यान्ड बाइ समय र ५७.५ घण्टा सम्मको फोन कल समय, १४ घण्टाको वेब ब्राउजिङ्ग र भिडियो हेर्ने समय प्रदान गर्ने जियोनीको दाबी छ ।

एम ५ मा एक्स्ट्रीम पावर सेभिङ्ग मोड पनि रहेको छ जस अन्तर्गत ५५ ब्याट्रीमा प्रयोगकर्ताहरुले ३२ घण्टा स्ट्यान्ड बाइ समय र ३ घण्टाको फोन कल समय प्राप्त गर्न सक्नेछन् ।

फोनमा दुई ओटा चार्जिङ्ग चिप्स रहेको छ र ९ भि (२ ए को चार्जर) सहितफोन उपलब्ध हुनेछ जसले गर्दा फोन अति नै छिटो चार्ज हुनेछ । एम ५ आफैले एकै समयमा ओ टि जी रिभर्स चार्जको माध्यमबाट दुई ओटा स्मार्टफोन चार्ज गर्न सक्ने बताईएको छ ।

एम ५ डुअल सिम सपोर्ट गर्दछ भने दुबै सिममा फोरजी सपोर्ट गर्न सक्नेछ । एम ५ मा अति नै पातलो मेटालिक युनिबडी डिजाइन रहेको छ ।

यो फोनमा ५.५ इन्चको एचडी एमोलेड स्क्रिन रहेको छ, जसको रिजोल्यूशन १२८०ह् ८७२० पिक्सेल छ । एम ५ मा रियर क्यामेरा १३ मेगापिक्सलको र फ्रन्ट क्यामेरा ५ मेगापिक्सलको रहेको छ । यो फोनमा १६ जीबी इन्टरनल मेमोरी राखिएको छ जसलाई माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म बनाउन सकिन्छ भने यसमा २ जीबी र्याम राखिएको छ ।

एम ५ मा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ र यो फोनमा एन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ हुनेछ । जियोनी एम ५ को मूल्य २९ हजार ९ सय ९९ रुपैंया तोकिएको छ ।

जियोनिको म्याराथन एम ५ ले नेपाली प्रयोगकर्तालाई सम्भवतः नेपाली बजारकै सबैभन्दा बढी ब्याट्री लाईफ भएको उत्कृष्ट फोन प्रयोग गर्ने अवसर दिने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १२ आश्विन २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार