Technology Khabar १२ आश्विन २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, १२ असोज । रन शुज ई. प्रा.लि.ले नेपालीहरुको महान चाड दशै र तिहारको अवसर पारेर उपहार योजना ल्याएको छ । ‘‘साँवा भन्दा व्याज ठुलो रिलोडेड’’ नामक उपहार योजना अघिल्लो वर्ष कम्पनीले ल्याएको योजनाको निरन्तरता हो ।
यस उपहार योजनालाई उपभोक्ताले अत्यन्त रुचाएको तथा यो योजनाले कम्पनीको बिक्रि वितरणमा समेत उल्लेख्य भुमिका खेलेको हुँदा यसै उपहार योजनालाई निरन्तरता दिइएको कम्पनीको दाबी छ ।
यस उपहार योजना अन्तरगत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् र स्क्रयाच कुपन मार्फत योजना अवधिभरमा १० जना उपभोक्ताले जनही १ लाख नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत स्क्रयाचमा न्युनतम रु ५० देखि अधिकतम १ लाखसम्म राखिएको छ भने ५प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट राखिएको छ । यस उपहार योजनामा सहभागी सबै ग्राहकले अनिवार्य रुपमा हात खालि नजाने उपहार प्राप्त गर्नेे छन् । उपहार प्रवद्र्धनका निमित्त यस योजनालाई साँवा भन्दा ब्याज ठुलो, रन शुज बिना खुट्टा लुलो र दशजनालाई दशलाख भन्ने नारा दिईएको छ । यो उपहार योजना तिहारसम्म मात्र लागु गरिएको कम्पनीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
रज शुजले दशैँ तथा तिहारको लागि ७ वटा मोडलका स्पोर्ट, ९ वटा मोडलका क्याजुवल, ४ वटा मोडलका पार्टि शुज, ६ मोडलका बुट गरि जम्मा २६ मोडलका जेन्स तथा १७ मोडलका लेडिज जुत्ता चप्पलहरु बजारमा ल्याएर हाम्रो उत्पादित मोडेल ५७० पुयाएको जनाएको छ ।
यसैगरी कम्पनीले पार्टी, स्पोर्ट, क्याजुअल, स्कुल तथा कलेज सुजहरु बनाउन सुरुगरेको कम्पनि आज सुरक्षा कर्मिका बुटहरु, होटल, कलकारखानामा लगाउन बुटदेखि सम्पूर्ण खाले जुत्ताहरु उत्पादन गर्दै आएको छ ।
प्रकाशित: १२ आश्विन २०७२, मंगलवार