गेमिंग नोटबुकको बजारमा आसुटेक कम्प्यूटर पहिलो स्थानमा

Technology Khabar १० आश्विन २०७२, आईतवार

गेमिंग नोटबुकको बजारमा आसुटेक कम्प्यूटर पहिलो स्थानमा

काठमाडौं ।

काठमाडौं, ८ असोज । आसुटेक कम्प्यूटर सन् २०१५ को पहिलो अर्ध वार्षिक अवधिसम्म सबैभन्दा बढि गेमिंग नोटबुक बिक्री गर्ने बिक्रेता भएको छ । आसुटेकले सन् २०१५ को पहिलो अर्धवार्षिक अवधिसम्ममा विश्व बजारमा ढुवानीको आधारमा गेमिंग नोटबुकको कुल ४० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

आपूर्ति चेनबाट आएको समाचार स्रोत अनुसार आसुटेकले भीभीड जिओ फोर्स जीटीएक्स ९५० एम, ९६० एम तथा ९८० एम ग्राफिक्स कार्डसहितको गेमिंग नोटबुकहरुको ढुवानीमा यो सफलता हात पार्न सफल भएको डिजीटाईम्सले उल्लेख गरेको छ ।

डिजीटाईम्सका अनुसार आसुटेकलाई पछ्याउँदै लेनोभोले दोस्रो स्थान हात पार्न सफल भएको छ । लेनोभोले विश्व बजारमा हुने ढुवानीमा कुल ३० प्रतिशत शेयर हिस्सा ओगटेको छ, जसमध्ये मूख्य माग चीनबाट आएको छ । त्यसैगरी माइक्रो स्टार इन्टरनेशनल (एमएसआई) तथा एसर कम्पनीले क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् । यी कम्पनीहरुको ढुवानी हिस्सा ११ प्रतिशतदेखि १५ प्रतिशतको बिचमा रहेको छ । एमएसआई तथा एसरले आफ्ना गेमिंग नोटबुकहरु मूख्यगरी यूरोपमा बिक्री गर्ने गर्दछन् ।

उता गुणस्तरीय नोटबुक उपभोक्ताको माग भने निरन्तर घटिरहेको बताईएको छ, यसमध्ये अधिकांश नोटबुक बिक्रेता कम्पनीहरुले आफ्नो ध्यान निच मार्केटमा परिवर्तित गरीरहेका छन् । उनिहरुले सामान्य किसिमका नोटबुकको साटो आफ्नो कार्यसम्पादनलाई कायमै राख्न गेमिंग नोटबुकजस्ता बजारमा ध्यान लगाईरहेका छन् ।

जे भएतापनि, अझ बढि खेलाडी कम्पनीहरु गेमिंग डिभाइसको बजारमा जोडिईरहेका छन्, जसले गर्दा निकै चर्को प्रतिस्पर्धा बढिरहेको छ भने अधिकांश कम्पनीहरुको नाफामा कमी आएको छ ।

Global Bank
easy care

प्रकाशित: १० आश्विन २०७२, आईतवार