माइक्रोम्याक्सको सस्तो मूल्यका फोरजी फोनहरु

Technology Khabar ८ आश्विन २०७२, शुक्रबार

माइक्रोम्याक्सको सस्तो मूल्यका फोरजी फोनहरु

काठमाडौं ।

काठमाडौं, ८ असोज । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले तीन वटा फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा क्यानभास सिरिजका क्यानभास ब्लेज फोरजी, क्यानभास फायर फोरजी तथा क्यानभास प्ले फोरजी स्मार्टफोन सार्वजनिक गरेको हो ।

कम्पनीले भारतीय दूरसंचार सेवा प्रदायक एयरटेल नेटवर्कका साथमा ६ महिनाको लागि फोन खरिदकर्तालाई फारजी डाटा उपलब्ध गराउनेछ ।

कम्पनीले ल्याएको क्यानभास ब्लेज फोरजीमा ४.५ इन्चको डिस्प्ले राखिएको छ । यो फोनमा १.१ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रयागन प्रोसेसर राखिएको छ ।

एन्ड्रोयडको ललीपप ५.१ मा आधारित यो फोनमा अटो फोकससहितको ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । फोनमा २,००० एमएएचको ब्याट्री छ भने यसको मूल्य ६,९९९ भारु तोकिएको छ ।canvas_blaze_4g

अर्को फोन माइक्रोम्याक्स क्यानभास फायर फोरजी फोनमा ४.५ इन्चको डिस्प्ले छ । यो फोनमा १ गीगाहर्जको मिडियाटेक क्वाडकोर प्रोसेसर राखिएको छ भने यो फोन एन्ड्रोयडको ललीपप ५.१ मा आधारित छ ।

माइक्रोम्याक्स क्यानभास फायर फोरजीमा म्यूजिकका लागि ड्यूअल फ्रन्ट स्पीकरको प्रयोग गरिएको छ । यसमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ भने पावरका लागी १,८५० एमएएचको ब्याट्री रहेको छ । फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यो फोन पनि क्यानभास ब्लेजको मूल्य अर्थात ६,९९९ भारु तोकिएको छ ।micromax_canvas_play_4g

यसका साथै माइक्रोम्याक्सले फोरजी एलटीई सपोर्ट गर्ने नयाँ स्मार्टफोन क्यानभास प्ले फोरजी पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यो एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ । यो फोनमा ५.५ इन्चको आईपीएस डिस्प्ले राखिएको छ, जसलाई कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित गरिएको छ ।

क्यानभास प्ले फोरजीमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा २ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज रहेको छ भने २,८२० एमएएचको ब्याट्री रहेको छ । क्यानभास प्ले फोरजीको मूल्य भारतीय बजारमा १२,९९९ रुपैंया तोकिएको छ ।

Sajilo Visa

प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार