Technology Khabar ८ आश्विन २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ८ असोज । विश्वको महंगो र लक्जरीयस फोन बनाउने कम्पनी भर्टुले (Vertu) स्मार्टफोनको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले सिग्नेचर टच (Signature Touch) स्मार्टफोन नाममा नयाँ फोन विश्व बजारमा ल्याएको हो ।
कम्पनीले ल्याएको नयाँ स्मार्टफोनमा क्वालकमको स्न्यापड्रयागन ८१० चीपसेट प्रयोग गरिएको छ । यो स्मार्टफोनमो ५.२ इन्चको १०८० पिक्सेलको डिस्प्ले प्रयोग गरिएको छ भने यसलाई सापिरे क्रिष्टल ग्लासद्धारा सुरक्षित गरिएको छ ।
भर्टुको नयाँ स्मार्टफोनमा २१ मेगापिक्सेलको रियर क्यामरा तथा २.१ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसको रियर क्यामराले फोर के भिडियो खिच्न सक्नेछ ।
यो स्मार्टफोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडीकार्डको सहयोगमा २ टेराबाईटसम्म बढाउन सकिन्छ । यसको लागि फोनमा दुईवटा माइक्रो एसडी कार्ड स्लट राखिएको छ ।
भर्टु सिग्नेचर टच स्मार्टफोनमा दुईवटा स्टेरियो स्पिकरहरु छन् । यसमा कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ ४.० भर्सन, नियर फिल्ड कम्यूनिकेसन, फोरजी एलटिई अप्शनहरु छन् । एन्ड्रोयडको ललीपप ५.१ मा आधारित यो स्मार्टफोन भर्टुको उत्कृष्ट मध्येको एक हो ।
यो फोनमा ३,१६० एमएएचको ब्याटी छ जसमा क्वालकम क्विकचार्ज २.० तथा क्यूआई वायरलेस चार्जिगं प्रयोग गर्न सकिन्छ ।
यो स्मार्टफोन सेप्टेम्बर २८ देखि अक्टोबर ८ तारिखसम्म कम्पनीको छानिएका बुटिकहरुमा मात्र प्री अर्डर गर्न सकिन्छ भने यो फोन अक्टोबर १६ देखि मात्र बिक्रीका लागि उपलब्ध हुनेछ ।
नयाँ सिग्नेचर टच श्रेणीका स्मार्टफोनहरुको मूल्य न्यूनतम ६ हजार ५ सय पाउण्ड अर्थात १० लाख ९२ हजार रुपैंयादेखि १३ हजार ७ सय पाउण्ड अर्थात २३ लाख १ हजार ६ सय रुपैंयासम्म तोकिएको छ । यसको मूल्य स्मार्टफोनमा प्रयोग भएको मेटल तथा उत्कृष्ट लेदर कभरको आधारमा निर्धारण हुनेछ । एजेन्सी
प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार