३० मिनेटमा ६५ प्रतिशत चार्ज हुने मेजूको ‘प्रो ५’ स्मार्टफोन

Technology Khabar ७ आश्विन २०७२, बिहीबार

३० मिनेटमा ६५ प्रतिशत चार्ज हुने मेजूको ‘प्रो ५’ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, ७ असोज । स्मार्टफोन मेकर कम्पनी मेजू (Meizu) ले चीनमा आयोजित एक कार्यक्रममा आफ्नो फ्ल्यागशिप फोन प्रो ५ (Pro 5) सार्वजनिक गरेको छ । मेटल बडिमा निर्माण भएको यो स्मार्टफोन सामसुंगको साइनोस ७४२० चीपसेटसहित सार्वजनिक गरिएको हो । मेजूको यो फोन चीनमा १२ अक्टोबरदेखि खरिद गर्न सकिनेछ ।

यो स्मार्टफोन हेर्दा एप्पलको आईफोन सिक्स जस्तो देखिन्छ । यो फोनमा ५.७ इन्चको सुपर एमोलेड डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८०x१९२० रहेको छ । यसको डिस्प्लेमा कोर्निंग गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ । यसमा राखिएको फींगरप्रिन्ट स्क्यानर मेजूको फोनहरुमा राखिएको मध्ये अहिलेसम्मको सबैभन्दा द्रूत गतिको फिंगर प्रिन्ट रिकग्नाइज गर्ने कम्पनीले दाबी गरेको छ ।meizu 1

यो हेडसेटमा सामसुंग साइनोस ७४२० अक्टो कोर प्रोसेसर राखिएको छ ।

मेजूको यो स्मार्टफोन प्रो ५ को २ वटा भेरिएन्ट उपलब्ध हुनेछ । यसमध्ये ३ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी भएको हेडसेटको मूल्य २,७९९ यूआन तथा ४ जीबी र्याम र ६४ जीबी मेमोरी भएको फोनको मूल्य ३,०९९ यूआन तोकिएको छ ।

यो स्मार्टफोन प्रो सिरिजको सबैभन्दा नयाँ संस्करण हो भने पो प्रो सर्भिस तथा एसेसरिजसहित उपलब्ध हुनेछ ।

यो फोन एन्ड्रोयडको ललीपप ५.१ मा आधारित रहेको छ जसको ब्याट्री क्षमता ३,०५० एमएएच रहेको छ । यो स्मार्टफोन केबल ३० मिनेटमा ६५ प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ ।

यो फोनमा २१.१६ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

फोनमा कनेक्टिभिटीका लागि ब्लूटूथ, वाईफाई, जीपीएस फोरजीलगायतका अप्शन रहेको छ । यो स्मार्टफोनमा सी टाईप यूएसबी पोर्ट हुनेछ ।

easy care

प्रकाशित: ७ आश्विन २०७२, बिहीबार