शिओमीको ल्यापटप आगामी वर्ष आउने संभावना

Technology Khabar ७ आश्विन २०७२, बिहीबार

शिओमीको ल्यापटप आगामी वर्ष आउने संभावना

काठमाडौं ।

काठमाडौं, ७ असोज । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमी (Xiaomi) ले छिटै ल्यापटप सार्वजनिक गर्ने भएको छ । यसअघि नै शिओमीले ल्यापटप बनाउने समाचार सार्वजनिक भएको थियो । तर अहिले ताइपे टाइम्समा छापिएको समाचारअनुसार कम्पनीले आफ्नो पहिलो ल्यापटप २०१६ मा सार्वजनिक गर्ने संभावना रहेको छ ।

समाचार अनुसार शिओमीको म्यानुफ्याक्चरिंग पार्टनर इन्वेनटेकका चेयरम्यान रिचर्ड लीलाई उद्धत गर्दै भनिएको छ, हामीलाई विश्वास छ की शिओमीको यो उत्पादन आकर्षक हुनेछ , यो त्यस्तै हुनेछ जस्तो यसका २० करोडभन्दा ज्यादा स्मार्टफोन यूजर छन् ।

यसका साथै शिओमीले आफ्नो स्मार्टफोनहरुद्धारा छोटो समयमा नै राम्रो ख्याती कमाएको लीले बताए । यसको सबैभन्दा प्रमुख विषय भनेको शिओमीको स्मार्टफोनहरुको मूल्य नै हो । यहि बाटोमा कम्पनीले आफ्नो नयाँ ल्यापटपलाई ल्याउने संभावना रहेकोछ । कम्पनीले निकै कम मूल्यमा आफ्नो पहिलो नोटबुक लन्च गर्नसक्नेछ ।

अहिलेसम्म यो नोटबुकको अपरेटिं सिस्टम माइक्रोसफ्टको विण्डोज १० हुन्छ की हुँदैन भन्ने कुनै जानकारी छैन् । तर यसअघि ब्लूमबर्गको समाचारअनुसार शिओमीले नोटबुकको मेमोरी चीपका लागि सामसुंग इलेक्ट्रोनिक्ससँग करार गर्न लागेको बताईएको थियो ।

easy care

प्रकाशित: ७ आश्विन २०७२, बिहीबार