Technology Khabar ६ आश्विन २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, ६ असोज । इन्टेक्सले आफ्नो नयाँ ४३ इन्चको एलईडी टेलिभिजन भारतीय बजारमा सार्वजनिक गरेको छ । इन्टेक्स एलईडी ४३०० (Intex LED-4300) नामको यो टेलिभिजनको मूल्य ३२ हजार भारु तोकिएको छ ।
इन्टेक्सको नयाँ एलईडी टेलिभिजनमा फूल एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १९२०X१०८० रहेको छ । यसका साथै यो टेलिभिजनमा आई सेफ टि म्याट्रिक्स टेक्नोलोजीको प्रयोग गरिएको कम्पनीले दाबी गरेको छ । यो प्रविधिले आँखालाई नोक्सानी पुर्याउँदैन् ।
यसमा १७८ डिग्रीको भ्यूईंग एंगल पनि राखिएको छ । यसका साथै यो टिभी स्मार्ट पावर सेभिंग फीचर सहित आउँछ, जसले टिभीको पावर खपत गर्ने दर ७५ वाट्स भन्दा पनि कम हुन्छ ।
यो टिभीमा १० वाटको दुईवटा बिल्ट इन स्पीकरहरु राखिएको छ । सराउण्ड साउण्ड टेक्नोलोजीका साथमा उपलब्ध हुने यो टिभीमा बटम फ्रेमपनि राखिएको छ ।
इन्टेक्सको नयाँ टिभीमा कनेक्टिभिटीका लागि २ एचडीएमआई पोर्ट, भिजीए इनपुट पोर्ट, दुईवटा अडियो भिडियो इन तथा अडियो भिजुअल आउट पोर्ट राखिएको छ ।
इन्टेक्सको यो टिभीका फीचरहरु हेर्दा कम्पनीले सामसुंगको एलईडी टिभीसँग प्रतिस्पर्धा गर्न खोजेको भान हुन्छ । एजेन्सी
प्रकाशित: ६ आश्विन २०७२, बुधबार