Technology Khabar ६ आश्विन २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, ६ असोज । ललितपुरको लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरेको मोबाइल एक्स्पो २०७२ मा ललितपुर निवासी शान्ति राईले बम्पर पुरस्कार जितेकी छिन् । मोबाइल एक्स्पोमा ललितपुरकी राईले एक लाख रुपैंया बराबरको बम्पर पुरस्कार जितेकी हुन् ।
कुपन नम्बर २४१ भएकी शान्ति राईले लक्की ड्रको माध्यमबाट बम्पर पुरस्कारको १ लाख रुपैंया हात पारेको मोबाइल कम्प्लेक्सले जनाएको छ । राईले बम्पर पुरस्कारको १ लाख रुपैंया बराबरको स्मार्टफोन एक्स्पोको आयोजक ललितपुर मोबाइल कम्प्लेक्सको तर्फबाट प्राप्त गर्नेछिन् । बम्पर पुरस्कारको लक्की ड्र एक्स्पोको अन्तिम दिन मंगलबार गरिएको आयोजकले जानकारि दिएकोछ ।
मोबाइल कम्प्लेक्समा नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको यो कम्प्लेक्समा सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिएको छ ।
मोबाइल एक्स्पो सकिएपनि विभिन्न मोबाइल कम्पनीहरुले दिएको छुट र अफरहरु कायमै राखिएको हुँदा कम्प्लेक्समा ग्राहकहरु निरन्तर आएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । उनले कम्प्लेक्समा मोबाइल एक्सचेन्जको सुविधा, विभिन्न किसिमका एसेसरिज, सर्भिस सेन्टरलगायतका सुविधाको कारण पनि ग्राहकहरु आकर्षित भएको बताए ।
कम्प्लेक्सले आयोजना गरेको एक्स्पोमा ६ लाख भन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गरेका थिए भने ९ करोड रुपैंया भन्दा बढिको कारोबार भएको थियो ।
मोबाइल कम्प्लेक्सले आगामी दिनमा पनि ग्राहकहरुको उत्साहलाई कायमै राख्नका लागि विभिन्न किसिमका अफर, स्कीम तथा उपहार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । ।
कम्प्लेक्समा नै नेपालको सबैभन्दा ठूलो मोबाइल सर्भिस सेन्टर पनि संचालन गरिएको छ । मोबाइल कम्प्लेक्समा सामसुंग, हुवावे, डिटिसी, जियोनी, आईफोन, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, कार्बन, पानासोनिक, केनजिन्दालगायत नेपालमा उपलब्ध हरेक ब्राण्डका फोनहरु उपलब्ध गराईने बताईएको छ ।
दैनिक लक्की ड्रको नतिजा
यसअघि नै मोबाइल कम्प्लेक्सले दैनिक लक्की ड्रको नतिजा पनि सार्वजनिक गरेको छ । कम्प्लेक्सले एक्स्पोको अवधिभर दैनिक अवलोकनकर्ताहरुमध्येबाट लक्की ड्रको माध्यमबाट दैनिक स्मार्टफोन जित्ने बिजेताहरुको कुपन नम्बर सार्वजनिक गर्ने गरेको थियो ।दैनिक लक्की ड्रको नतिजा यसअघि पनि माेबाइल्स् खबरबाट सार्वजनिक भईसकेको छ ।
दैनिक लक्की ड्रको नतिजा फेरी पनि यहाँ राखिएको छ । कुपन नम्बरहरु अंग्रेजीमा रहेका छन् ।
934, 1009, 1085, 1123, 1267, 1301, 3627, 4079, 4286, 9147, 9367, 9710, 10051, 10846, 11747, 13035, 13455, 13519, 13661, 13931, 14506, 14922, 15058, 15281, 16843, 17109, 17127, 17337, 17440, 17814, 18529, 18647, 18852, 19451, 19849, 22121, 22323, 22457, 22748, 23336, 23942, 24045, 24401, 25049, 25249, 25825, 28620,28930, 29230, 29624,
प्रकाशित: ६ आश्विन २०७२, बुधबार