अल्काटेलको ‘वान टच फ्ल्याश २’ स्मार्टफोन एशियाका आठ देशमा सार्वजनिक

Technology Khabar ६ आश्विन २०७२, बुधबार

अल्काटेलको ‘वान टच फ्ल्याश २’ स्मार्टफोन एशियाका आठ देशमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ६ असोज । फोन निर्माता कम्पनी अल्काटेलले नयाँ एन्ड्रोयड स्मार्टफोन वान टच फ्ल्याश २ (One Touch Flash 2) सार्वजनिक गरेको छ । मध्यश्रेणीको यो स्मार्टफोन एशियाका सातवटा बजारमा एकै पटक सार्वजनिक गरिएको हो ।

अल्काटेलको वान टच फ्ल्याश २ स्मार्टफोनमा ५ इन्चको आईपीएस टचस्क्रीन रहेको छ । जसको पिक्चर रिजोल्यूशन ७२० पिक्सेल छ । यो स्मार्टफोनमा सामसुंग आईएसओसेल (ISOCELL) को १३ मेगापिक्सेलको रियर क्यामरा रहेको छ, जुन फेज डिटेक्सन, अटोफोकश, अपार्चरलगायतका फीचरसहित आउँछ भने यसमा ड्यूल टोन भएको ड्यूल एलईडी फ्ल्याश पनि राखिएको छ । त्यसैगरी यो फोनमा ५ मेगापिक्सेलको एलईडी फ्ल्याशसहितको फ्रन्ट फेसिंग क्यामरा पनि राखिएको छ ।Alcatel-OneTouch-Flash-2-a

वान टच फ्ल्याश २ स्मार्टफोनमा २ जीबीको र्याम ताथ १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई बढाउन सकिन्छ । यो फोनमा ३,००० एमएएचको ब्याट्री पनि राखिएकोछ ।

अल्काटेलको नयाँ मिड रेन्जको यो फोनमा मिडिया टेकको एमटी ७६५३ चीपसेट रहेको छ, जुन १.३ गीगाहर्जको अक्टा-कोर कोर्टेक्स ए-५३ सीपीयूको साथमा आउँछ । फोनमा एन्ड्रोयडको पछिल्लो अपरेटिंग संस्करण ललीपप ५.१ राखिएको छ भने यसमा एलटीई नेटर्वक सपोर्ट गर्नुका साथै दुई सिम प्रयोग गर्न सकिन्छ ।

भारतमा यो स्मार्टफोन फ्लीपकार्टमा मात्र उपलब्ध छ भने अन्य एशियाली मुलुकहरु फिलिपिन्स, थाईल्याण्ड, इन्डोनेशिया, भियतनाम, मलेशिया तथा सिंगापुरमा भने अल्काटेलको रिटेलरहरुद्धारा बिक्री गरिन्छ । यो स्मार्टफोन भोल्कानिक ग्रे तथा मिका ह्वाईट कलरमा आउँछ ।

तर आश्चार्यलाग्दो भनेको यो फोनको मूल्य कति भनेर घोषणा गरिएको छैन् । एजेन्सी

Sajilo Visa

प्रकाशित: ६ आश्विन २०७२, बुधबार

तपाइको प्रतिक्रिया