क्यान महासंघद्धारा संविधानको स्वागत, सूचना र संचार प्रविधिको विकासमा जोड दिन आग्रह

Technology Khabar ६ आश्विन २०७२, बुधबार

क्यान महासंघद्धारा संविधानको स्वागत, सूचना र संचार प्रविधिको विकासमा जोड दिन आग्रह

काठमाडौं ।

काठमाडौं, ६ असोज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले “आफ्नो संविधान आफै लेख्ने” आम नेपाली जनताको वर्षाै देखिको सपना ढिलै भए पनि साकार भएको भन्दै ‘नेपालको संविधान २०७२’ को स्वागत गरेको छ ।

क्यान महासंघले संविधान निर्माण प्रक्रियामा आफूले देशको सूचना तथा संचार प्रविधिको विकास तथा विस्तारको लागि संविधानमा संस्थागत सुझावहरु पेश गरेकोमा नयाँ संविधानमा समेटिएका सबैलाई व्यवहारमा कार्यान्वयन गर्न अनुरोध पनि गरेको छ ।

‘राज्यको निर्देशक सिद्घान्तमा समेटीएका विषयहरु आगामी दिनहरुमा देशको निति तथा कार्यक्रम तर्जुमा गर्दा सूचना तथा प्रविधि क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखिने छ भन्ने विश्वास गरेका छौं ।’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

Sajilo Visa

प्रकाशित: ६ आश्विन २०७२, बुधबार

तपाइको प्रतिक्रिया